ताजा अपडेट »

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनीद्वारा नेतृत्व बिकास तालिम

शुक्रबार, २३ चैत्र २०८०, १८ : ४७
154 Shares

दाङ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा शुक्रबारदेखि दाङको तुलसीपुरमा नेतृत्व बिकास, संगठन व्यवस्थापन तथा समसामयिक विषयमा दुई दिने प्रशिक्षण सुरु भएको छ ।

उद्घाटन समारोहमा बोल्दै केन्द्रीय अध्यक्ष डा. झलक शर्माले महासङ्घले मुलुकको स्वास्थ्यलाई आमूल रुपान्तरण गर्ने जिम्मेवारी भएको र  एकीकृत रुपमा समन्वयकारी भूमिका गर्दै नेतृत्व गर्ने बताए । महासंघले जनताले अनुभूत गर्ने गरि स्वस्थ्यको मुहार फेर्ने बताए । सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीको एकता, आम नागरिगका लागि गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता भन्ने संगठनको मुल मर्मका भुल्न नहुने महासंघका केन्द्रीय सल्लाहकार समितिका संयोजक राम बहदुर चन्दले जोड दिए । 

कार्यक्रममा डा. कासिराज उपाध्याय, केसरजङ रायमाझी, डा. के आइ सिंह, दल बहादुर राना, यम बहादुर चिदी लगायतले बोल्दै प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

यसैगरी नेकपा एमाले केन्द्रीय सदस्य कोमल ओलिले नेतृत्व बिकास पढेर भन्दा पनि गरेर बिकास हुने उल्लेख गरिन् ।  स्वास्थ्यकर्मी जनतासँग सिधै जोडिने र भावना गासिएको हुँदा स्वास्थ्यकर्मी नै नेता भएको बताइन् । अबको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न महासंघले अग्रणी भूमिका खेल्नुपर्ने उनले बताइन ।

प्रशिक्षणमा नेकपा एमाले पार्टी स्कुल विभागका सचिब घनश्याम कोइराला,लसदस्य वाइ पि अचार्य तथा लुम्बिनी प्रदेश स्कुल बिभाग उपप्रमुख दल बहादुर गुरुङ्गले सहजीकरण गर्ने छन् ।

महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चिन्तामणी ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष द्रोण ओलि तथा संचालन सचिब कृष्ण गोपाल चौधरिले गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।