ताजा अपडेट »

मुगुमा जीप दुर्घटनामा दुईको मृत्यु

बुधबार, १४ चैत्र २०८०, २० : ३२
22 Shares

मुगु । मुगुको गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सडकबाट करिब सय मिटर बढी तल खसेको प्रहरीले बताएको छ । दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

घाइते एक जनाको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताइएको छ । घाइतेलाई उद्धार गरी उपचारार्थ मुगु जिल्ला अस्पताल पुर्याइएको छ ।  दुर्घटनाको कारण अझै नखुलेको प्रहरीले जनाएको छ ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।