ताजा अपडेट »

चार दलीय गठबन्धनबीच ८ बुँदे लिखित सहमति, राष्ट्रियसभा अध्यक्ष माओवादीलाई

सोमबार, २१ फागुन २०८०, २० : ५३
82 Shares

काठमाडौं । नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरुबीच लिखित सहमति भएको छ ।सहमति अनुसार राष्ट्रियसभामा रिक्त रहेको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको हो ।

यस्तै राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

त्यसै गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अध्ययन विषयहरूलाई सहमतिका आधारमा अविलम्ब टुंगो लगाउने सहमति पनि भएको छ ।

यस्तै सरकारमा सहभागी भएका दलहरुकाबीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने, र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने, नयाँ सरकार गठन प्रक्रियामा सकारात्मक भएका दलहरुसँग संवाद अघि बढाउने सहमति पनि दलहरुबीच भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।