ताजा अपडेट »

बेलायतमा ३५ प्रतिशत तलव वृद्धिको माग गर्दै डाक्टरहरू हडतालमा

आइतबार, १३ फागुन २०८०, ०८ : ०९
114 Shares
आइतबार, १३ फागुन २०८०
114 Shares

लन्डन । बेलायतमा डाक्टरहरूले फेरी हडताल गरेका छन । सरकारसँग लामो समयदेखि चलिरहेको तलब विवादमा बेलायतका जुनियर डाक्टरहरूले १० औं पटक पनि हडताल गरेका हुन ।

पाँच दिनको हडताल सुरू भएपछि एनएचएसका मालिकहरूले यसले ठूलो अवरोध ल्याउने चेतावनी दिएका छन् । उनीहरूका अनुसार अस्पतालमा आधा डाक्टरहरू जुनियर डाक्टर भएकाले अस्पतालको अपरेशन र चेकअप सबैभन्दा बढी प्रभावित हुनेछन। ब्रिटिश मेडिकल एसोसिएसनले ३५ प्रतिशत तलब वृद्धिको लागि आग्रह गरेको छ तर सरकारका मन्त्रीहरूले उनीहरूको तलब वृद्धिको दावीलाई भने अव्यावहारिक रूपमा वर्णन गर्दै अस्विकार गर्दै आएका छन्।

स्वास्थ्य सचिव भिक्टोरिया एटकिन्सले जुनियर डाक्टरहरूले हडताल जारी राखेकोमा आफू निराश भएको बताएकी छिन् ।  ‘कसैले पनि यी हडतालहरूले हाम्रो एनएचसमा पार्ने प्रभावलाई कम आँकलन गर्नु हुँदैन, त्यसैले म फेरि बिएमएलाई उनीहरूको हड्ताल बन्द गर्न आग्रह गर्छु,’ उनले भनिन्। तर बिएमएका जुनियर डाक्टर नेता डा रोबर्ट लरेन्सन र डा विवेक त्रिवेदीले भने, ‘ सरकारले एक दशकभन्दा बढी समयदेखि हुन नसकेको तलब वृद्धिको मागलाई सम्बोधन गर्नका लागि भरपर्दो तलब प्रस्ताव गरेर मात्र यी हडतालहरू रोक्न सक्थ्यो तर गरेको छैन।’

दुई तिहाइ जुनियर डाक्टरहरू बीएमएका सदस्य छन् तर धेरै साना अस्पताल परामर्शदाता र विशेषज्ञ संघले पनि यस हडतालमा भाग लिएका छन । नियमित अस्पताल सेवाहरूले सबैभन्दा अवरोधको सामना गर्ने अपेक्षा गरिएको छ किनभने वरिष्ठ डाक्टरहरूलाई आपतकालीन हेरचाहमा कभर प्रदान गर्न भनिएको छ तर त्यो सम्भवः छैन । एनएचएस इङ्गल्याण्डले जीवन जोखिमको आपतकालिन अवस्थामा बिरामीहरूलाई सामान्य रूपमा ९९९ मा कल गर्न सल्लाह दिइरहेको छ तर अन्य सबै कुराको लागि १११ मा फोन गर्न भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।