ताजा अपडेट »

प्रकाश सपुतको गीत ट्रेन्डिङ पहिलो नम्बरमा

बुधबार, १८ पुस २०८०, १० : ०२
275 Shares
बुधबार, १८ पुस २०८०
275 Shares

बुटवल । गायक प्रकाश सपूतको पछिल्लो गीत ‘मुटु कटक्कै’ युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा परेको छ । सोमबार दिउँसो रिलिज भएको गीत मंगलबार बेलुका युट्युब ट्रेन्डिङको शीर्षस्थानमा आएको हो ।

गीतले बुधवार बिहानसम्म युट्युबमा १० लाख हाराहारी भ्युज पाइसकेको छ । यो गीतमा प्रकाशसँगै प्रताप दास र कुशल बेलबासेको स्वर छ । गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको हो । मायाप्रेमको कथामा रमाइलो शैलीमा ल्याइएको गीतको भिडियोमा प्रकाश स्वयंमले अभिनय गरेका छन् ।

भिडियोमा उनी ‘सकम्बरी’बाट उदाएकी मोडल कुसुम शर्मालगायतसँग देखिएका छन् । गायकहरूसँगै रोशनी कार्की, विजय पुन, प्रविन भट्ट, सुनील बिक।, विशाल घिमिरे लगायतलाई समेत भिडियोमा हेर्न सकिन्छ । भिडियोको कथा परिकल्पना एवं निर्देशन पनि प्रकाश स्वयंले गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।