ताजा अपडेट »

डंकीले कटायो ४०० करोडको आंकडा

बुधबार, १८ पुस २०८०, ०८ : ३९
73 Shares
बुधबार, १८ पुस २०८०
73 Shares

मुम्बई । हालै रिलिज भएको शाहरुख खानको फिल्म हलमा राम्रो व्यापार गरिरहेको छ । चलचित्र हलमा रिलिज भएको १२ दिन बितिसकेको छ । शाहरुख खान, तापसी पन्नु, विक्की कौशल र बोमन इरानी अभिनित यो फिल्मले १३ दिनमा राम्रो कमाई गरेको रिर्पोट सार्बजनिक भएको छ ।

यसको दोस्रो सप्ताहन्तमा पनी डंकिले उत्कृष्ट कमाई गरेको छ। अहिले शाहरुख खानले यो फिल्मबाट ४ सय करोडभन्दा बढी कमाइ गरिसकेको छ । यो जानकारी रेड चिलीज इन्टरटेनमेन्टले दिएको हो । रेड चिलीज इन्टरटेनमेन्टका अनुसार डंकीले १३ औं दिनमा पुग्दा विश्वब्यापी रुपमा ४००.४० करोड कमाएको छ । सोमबार यो फिल्मले भारतीय बक्स अफिसमा मात्रै ९.२५ करोड कमाएको छ । योसँगै शाहरुख खानको फिल्मले भारतमा १९६.९७ करोड कमाइ गरिसकेको छ ।

उता, फिल्मले विश्वभर ४ सय करोड भारु पार गरिसकेको छ । राजकुमार हिरानीको फिल्म डिंकीले अहिलेसम्म ग्लोबल बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ । शाहरुख खानको फिल्म डंकी गत २१ डिसेम्बरमा थिएटरमा रिलिज भएको छ। गत वर्ष हलमा रिलिज भएको शाहरुख खानको यो तेस्रो फिल्म हो । शाहरुख खानको २०२३ मा रिलिज भएका तीन फिल्म मध्ये डंकी सबैभन्दा कम कमाउने फिल्म हो। जबकी जवान र पठान किंग खानको करियरको ब्लकबस्टर फिल्म हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।