ताजा अपडेट »

अहिलेको ब्यवस्थाले अबस्था सुधारेन, ब्यवस्था फेरौं- कमल थापा

मंगलबार, १७ पुस २०८०, १६ : ०१
53 Shares
मंगलबार, १७ पुस २०८०
53 Shares

बर्दिबास । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको संघीय धर्मनिरपेक्ष गणतन्त्रीक ब्यबस्था असफल भएको भन्दै ब्यबस्था परिबर्तनको लागि जनआन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।

आज महोत्तरीको बर्दिबासमा पार्टीद्वारा आयोजित मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले जनताले   अहिलेको भ्रष्टतन्त्र र ब्यबस्था परिबर्तन गर्न चाहेको भन्दै अहिलेको लथालिङ्ग भताभुङ्ग अब्यबस्थाबाट मुक्ती चाहने हो भने आन्दोलनको बिकल्प नभएको बताए ।

सनातन धर्मसंस्कृती पहिचान सड्ढटमा परेको,मुलुकको आर्थिक अबस्था कमजोर भएको, बिदेशी चलखेल र प्रभाब बढेको भन्दै थापाले हिन्दु धर्म माथिको अपमान र थिचोमिचो सहन गर्न नसकिने बिचार ब्यक्त गरे ।

धर्म परिबर्तनको डढेलोले सिङ्गो मुलुक आक्रान्त रहेको चर्चा गर्दै थापाले आन्दोलनको निमित्त सम्पुर्ण राष्ट्रबादी,प्रजातन्त्रबादी र देशभक्तहरु एक ठाउँमा आउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष राजिब पराजुलिले राप्रपा नेपालको नीति बिचार उपयुक्त भएको भन्दै संगठन निर्माणमा केन्द्रित हुन सबैमा आग्रह गरे ।

प्रशिक्षणमा तराई मधेस क्षेत्रका ९ जिल्लाका १७५ जना केन्द्र ,जिल्ला,नगरका प्रतिनिधिहरुको सहभागीता रहेको पार्टीले जनाएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।