ताजा अपडेट »

भारतमा फेरी फैलियो कोरोना, चारको मृत्यु, ३ हजार बढी संक्रमित

शनिबार, ०७ पुस २०८०, १३ : ११
26 Shares

नयाँदिल्ली । भारतमा कोभिड संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ । कोभिडको संक्रमण बढे पछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसा कोभिडका कारण केरलामा थप दुई जनाको मृत्यु भएको छ भने देश भरीमा कुल संक्रमितको संख्या ३ हजार नाघेको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको केरला २ जनासहित राजस्थान र कर्नाटकमा १–१ जनाको मृत्यु भएको छ ।

साथै, पछिल्लो २४ घण्टामा ७५२ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो मे २१ पछि एकै दिनमा रिपोर्ट गरिएको सबैभन्दा धेरै केस हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।