१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023


भैरहवा । लुम्बिनीका पत्रकार स्वर्गीय बिन्दु कुमार चौहानको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार यसबर्ष पशुपति यादवलाई प्रदान गरिएको छ । स्वर्गीय चौहानको स्मृतिमा स्थापित सो पुरस्कार मधेशी पत्रकार समाज नेपाल रुपन्देहीले लुम्बिनी खबरका धकधइ शाखा प्रमुख पशुपति यादवलाइ प्रदान गरेको हो ।

Advertisement

मधेशी पत्रकार समाज रूपन्देही शाखाले आयोजना गरेको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि ओमसतिया गाउँपालिका प्रमुख मन्जित यादव (सोनु)ले पत्रकार यादवलाइ पुरस्कृत गरे । पुरस्कृत यादवलाई दोसल्ला ओढाएर १० हजार नगद समेत गाउँपालिका प्रमुख यादवले हस्तान्तरण गरेका थिए ।

रुपन्देहीमा रहि विभिन्न सञ्चारमाध्यममा काम गरेका स्व. बिन्दु चौहानलाई यस पछिका पुस्ताले समेत उहाँको योगदान सम्झिने गरि पुरस्कारको स्थापना गरिएको भन्दै मधेशी पत्रकार समाज नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम बिकास चौधरीले यसले मधेश क्षेत्रमा रहेका पत्रकारहरुलाई थप शशक्त पार्ने बताए ।

प्रदेश अध्यक्ष चौधरीले स्व.बिन्दु चौहानले रुपन्देहीको पत्रकारीता क्षेत्रमा जोखिम मोल्दै पुर्याउनु भएको योगदान बारे चर्चा गरे । उनले स्व.चौहानको निडर छबि र कार्य कुशलताको सराहना गर्दै इतिहासले उहाँलाई सम्मान गर्नैपर्ने बताए । सो अवसरमा स्व. चौहानको कष्टपूर्ण पत्रकारिता यात्राको उनले स्मरण गरे ।

कोभिड महामारीका कारण २०७८ भदौ २९ गते हामी माझबाट सदाका लागि बिदा भएका स्वर्गीय चौहानको स्मृतिमा गत वर्ष स्थापना गरिएको पत्रकारिता पुरस्कार रूपन्देहीमा रही जुनसुकै विधाका पत्रकारिता गर्ने एकजना मधेशी पत्रकारलाई प्रदान गर्दै आएको समाजका जिल्ला अध्यक्ष राधेश्याम बिश्वकर्माले बताए । गतबर्ष २०७९ मा भैरहवाका पत्रकार मोहम्मद हबिबलाई सो पुरस्कार प्रदान गरिएको उनले बताए ।

समाजका जिल्ला सचिव हृदयराम गुप्ताको संचालनमा रूपन्देहीको ओमसतिया गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, क्लबका संस्थापक अध्यक्ष माधव ढुङ्गाना तथा स्व. पत्रकार बिन्दु कुमार चौहानका छोरा अमित चौहान, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट