६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता थप बिश्वव्यापी भएको छ । 

Advertisement

हालै भारतीय प्रधानमन्त्री मोदी सबैभन्दा धेरै ‘ग्लोबल अप्रुभ रेटिङ’ पाउने नेता बनेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार ‘मर्निङ कन्सल्ट’ले गरेको विश्वव्यापी सर्वेक्षणमा भारतीय प्रधानमन्त्री मोदीले  ७६ प्रतिशत ग्लोबल रेटिङ पाएको छन । 

अमेरिकास्थित कन्सल्टेन्सी फर्मले सञ्चालन गर्ने गरेको  ‘ग्लोबल लिडर अप्रुभल रेटिङ ट्र्याकर’मा उनलाई ७६ प्रतिशत जनताले प्रधानमन्त्री मोदीको नेतृत्वलाई अनुमोदन गरेका हुन । यसअघिको रेटिङमा पनि प्रधानमन्त्री मोदी शीर्ष स्थानमा नै रहेका थिए। 

सो रेटिङका अनुसार १८ प्रतिशतले जनताले उनको नेतृत्वलाई अस्वीकार गर्दै असन्तुष्ट जनाएका छन । ६ प्रतिशतले भने उनका बारेमा कुनै पनि राय दिएका छैनन्।

यसैगरी बिश्वब्यापी सर्बेक्षणको दोस्रो स्थानमा स्विट्जरल्याण्डका राष्ट्रपति एलेन बेर्सेट जनता माझ लोकप्रिय देखिएका छन । उनलाई ६४ प्रतिशत जनताले मनपराएका छन भने मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरलाई ६१ प्रतिशत जनताले मन पराएको सर्बेक्षणमा देखिएको छ ।

साथै, अमेरिकी राष्ट्रपति जो बाइडेनको बिपक्षमा ६० प्रतिशत जनता रहेको देखिएको छ भने ४० प्रतिशतले मात्रै उनलाई मन पराएका छन । 

उता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ३७ प्रतिशतले मन पराउँदा बेलायतका प्रधानमन्त्री ऋषि सुनक भने २७ प्रतिशतमा सिमित भएका छन । बहुसंख्यक जनताले बेलायती प्रधानमन्त्री सुनकलाई अस्विकार गरे झै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको पनि हालत उस्तै देखिएको छ । उनलाई त झन २४ प्रतिशत जनताले मात्रै अनुमोदन गरेका छन्।

प्रतिकृया दिनुहोस्

Flash News

छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ