ताजा अपडेट »

मिरा कोषद्वारा तिलोत्तमामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विहीबार, २१ भदौ २०८०, १७ : ०२
26 Shares
विहीबार, २१ भदौ २०८०
26 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ मा रहेको मिरा कोषले विद्यार्थीको लागि विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ । तिलोत्तमा–३ सिमानगरमा रहेको हाम्रो सगरमाथा आधारभूत विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीलाई कोषले शैक्षिक सामग्री वितरण गरेको हो ।

सो अवसरमा बोल्दै तिलोत्तमा–३ का अध्यक्ष कल्याण प्रसाद पौडेलले स–साना बालबालिकाको पठनपाठनमा संस्थाले पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । उनले आगामी दिनहरुमा वडासँगै समन्वय गरि विद्यालयको शैक्षिक उन्नयनमा अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । संस्थाका अध्यक्ष हेमलाल शर्माले विद्यार्थीलाई सहयोग गर्न पाउँदा निकै खुसि रहेको बताउँदै आगामी दिनहरुमा पनि आवश्यक शैक्षिक सामग्री लगायत अन्य सहयोग निरन्तर रहने उल्लेख गरे । कोषले गतवर्ष सोहि विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई पोशाक वितरण गरेको थियो ।

कार्यक्रममा सिद्धार्थ बैंक योगीकुटी शाखाका प्रबन्धक लक्ष्मी प्रसाद ज्ञवाली, मिरा कोषका संरक्षक मिरा शर्मा, सगरमाथा आधारभुत विद्यालयका व्यस्थापन समिति अध्यक्ष कृष्ण क्षेत्री, सोहि विद्यालयका प्राचार्य घनश्याम घिमिरे लगायतको उपस्थितिमा रहेको थियो । कार्यक्रमको संचालन कोषका महासचिब रामचन्द्र पौडेलले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।