१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

लुम्बिनी । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा। ल्हारक्यार लामा ९खेन्पो छिमे छिरिङ०ले लुम्बिनी बनाउने सामूहिक संकल्पका साथ काम गर्न निर्देशन दिएका छन् । नवनियुक्त उपाध्यक्षले विहिबार कार्यालयका कर्मचारीहरुसँग परिचय तथा भेटघाट कार्यक्रममा बुद्धजन्मस्थल लुम्बिनी निर्माण गर्ने संकल्पका साथ काममा खटिन कर्मचारीहरुलाई निर्देशन दिएका हुन ।

Advertisement

उपाध्यक्ष लामाले विश्वका २ अर्ब बौद्धमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनी भएकाले यो पवित्र स्थलको प्रचार प्रसारसँगै कार्यालयको कार्यसम्पादन पनि चुस्त राख्नुपर्नेमा जोड दिए । उनले कर्मचारीहरुको पेशागत सु्रक्षाका लागि आफूहरु लागि पर्ने बताउँदै संस्थाको काममा लापरवाही गरे कारवाही गर्ने बताए । नेपालको संविधान अनुसार बनेको ऐन, नियमावली, बिनियम, कार्यविधि, निर्देशिका र मापदण्ड अनुसार संस्थाको काम अघि बढाउने बताउँदै पदाधिकारी र कर्मचारीविचको एकताबाट लुम्बिनीलाई अगाडि बढाउने बताए ।

उपाध्यक्ष लामाले कोषमा यसअघि भएका गरेका कामका आधारमा बनेको दृष्टिकोण परिवर्तन गर्ने गरी काम गर्न आफू आएकाले सहयोग गर्न कर्मचारीहरुसँग आग्रह गरे । जसको जे काम हो, त्यो गर्नुपर्ने बताउँदै जिम्मेवारी अनुसार काम नहुने कर्मचारीहरुको मूल्यांकन हुने उनले बताए । संस्थागत सुशासन कायम गर्दै आर्थिक पारदर्शीता कायम गर्दै बाँकी रहेको गुरुयोजनाको कामलाई अघि बढाउने उपाध्यक्ष लामाले बताए ।

परिचयात्मक तथाल भेटघाट कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा। हरिध्वज राई लगायतले बोल्दै विभिन्न विषयहरुको बारेमा जानकारी दिए । उक्त अवसरमा उपाध्यक्ष समक्ष कर्मचारीहरुले कोषको वर्तमान अवस्था र कोषका विविध विषयमा सुझावहरु पेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य