१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

काठमाडौँ । कृषि तथा पशुपन्क्षी मन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन नसकिने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि समितिमा बोल्दै मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानका लागि क्षतिपूर्ति दिन नसकिने बताउका हुन् । उनले राहत दिनका लागि भने कार्यविधि बनाउने काम भइरहेको बताए ।

Advertisement

‘पशुको मृत्यु भएकालाई क्षतिपूर्ति दिन सक्ने अवस्था त छैन । क्षतिपूर्ति दिन नसके पनि राहत दिनका लागि आधार र मापदण्ड सहितको कार्यविधिको मस्यौदा बनाएको छ । त्यो पारित भएपछि राहत दिने काम अघि बढ्न सक्छ ।’–मन्त्री भुसालले भने । गत चैत महिनादेखि पश्चिम नेपालबाट लम्पी रोगको सङ्क्रमण फैलिएको बताउँदै हालसम्म १३ लाख ५ हजार पशु सङ्क्रमित भएको जानकारी गराए । जसमध्ये १० लाख हाराहारी सङ्क्रमण मुक्त भएको, ४७ हजार ६ सय ४९ पशुको मृत्यु भएको जानकारी दिए ।

मन्त्री भुसालले टर्कि, तान्जानियाबाट १३ लाख ६९ हजार डोज भ्याक्सिन ल्याएको र ६ लाख पशुलाई भ्याक्सिन दिइएको जानकारी दिए । उनले यो रोग निरन्तर देखिने भएकोले नेपालमै खोप उत्पादन गर्नेतिर लाग्नुपर्ने, त्यसका लागि सिडभाइरस ल्याएर नेपालमै खोप उत्पादन तिर लाग्ने योजना रहेको बताए । लम्पी स्किन संसारमा नयाँ रोग रहेको बताउँदै नेपालमा २०७७ सालमा देखिएको बताए । यसअघि पहिले नै भारत र चीनमा यो रोग फैलिएको बताउँदै उनले त्यहाँ गरिएको नियन्त्रणबाट शिक्षा लिन नसक्दा नेपालमा क्षति बेहोर्नु परेको उल्लेख गरे ।

मन्त्री भुसालले मन्त्रालयले पशु स्वास्थ्य चिकित्सक सहित ७ प्रदेशमा टोली पठाएर रोगको बारेमा जानकारी दिने र उपचार कसरी गराउने भन्ने बारेमा जानकारी दिने गरेको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने