१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

विराटनगर । कोशी प्रदेशमा पहिलो चरणमा ४ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी भएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनमा अदालतको आदेशबाट बर्खास्तीमा परेपछि पुनः मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

Advertisement

थापाले आजै कांग्रेसबाट एक, एकीकृत समाजवादीबाट एक र माओवादीबाट एक जनालाई मन्त्री नियुक्ति गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री थापाले भने साढे १० बजे पद तथा गोपनीयताको शपथ खाँदैछन् । उनले पद तथा गोपनीयताको शपथ खाएसँगै थप तीन जनालाई शपथ खुवाउने तयारी भएको छ ।

एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट मन्त्री बन्नेको नाम फाइनल भए पनि माओवादीमा भने अझै कसलाई मन्त्री बनाउने भन्ने निर्णय भइसकेको छैन । कांग्रेसबाट प्रदीप सुनुवार पुन मन्त्री हुने छन् । ओखलढुङ्गा १ (१) बाट विजयी भएका सुनुवार यस अघि पनि उद्धव थापा नेतृत्वको सरकारमा सहभागी थिए । यस्तै एकीकृत समाजवादीबाट भने कलमप्रसाद जवेगु पनि मन्त्री हुँदै छन् । उनी पनि अदालतले बरखास्त गरेको सरकारमा मन्त्री भएका थिए ।

माओवादीबाट कसलाई मन्त्री बनाउने भन्नेमा अझै टुङ्गो लागिसकेको छैन । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने सहमति भएको थियो । तर उनलाई मन्त्री बनाउने की पुरानैलाई निरन्तरता दिने भन्ने विषयमा माओवादी भित्र कुरा मिलिसकेको छैन । पहिलो चरणमा बाबुरामलाई नै मन्त्री बनाएर जाने तयारी भएको माओवादी स्रोतले जनाएको छ । यसअघिको असंवैधानिक भनिएको मन्त्रिपरिषदमा सहभागी भएका जीवन आचार्यले यस पटक भने मन्त्री बन्न रहर नगरेको देखिएको छ ।

‘सरकार दिगो जान्छ की जाँदैन भन्नेमा छ । दिगो सरकारमा मन्त्री भएर के गर्न’ भन्ने मुडमा आचार्य पुगेको उनी निकटहरू बताउँछन् । आचार्यले मन नगरे पहिलो चरणमा गौतम नै माओवादीबाट मन्त्री हुने छन् । माओवादी सांसद राजेन्द्र कार्कीले केन्द्रीय कमिटीको बैठक सकेपछि मात्रै कसलाई मन्त्री बनाउने भन्ने विषयमा टुङ्गो लाग्ने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने