ताजा अपडेट »

रुकुममा पहिरो खस्दा घाँस काट्न गएका दुई जनाको मृत्यु

आइतबार, १४ साउन २०८०, २० : ११
22 Shares
आइतबार, १४ साउन २०८०
22 Shares

काठमाडौं । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको निधन भएको छ। बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरोमा परी ज्यान गएको प्रहरीको भनाइ छ।

पहिरोमा परी एक जना घाइते भएका छन्। आज दिउँसो पौने तीन बजेको समयमा घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममले जनाएको छ। उनीहरूको घटनास्थलमै ज्यान गएको हो।

त्यस्तै बाँफिकोट–७ कै ४२ वर्षीया बलकुमारी खत्री घाइते भएका छन्। खत्रीलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीको भनाइ छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।