ताजा अपडेट »

कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ताः सहमतिनजिक पुगेको राष्ट्रपतिको भनाई

आइतबार, १८ मंसिर २०७९, १२ : ३२
8 Shares

बोगोटा । कोलम्बियाको सरकार र इएलएन विद्रोही समूहबीचको शान्ति वार्ता सहमतिको पहिलो बिन्दुमा पुगेको राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन् । वेस्टर्न एन्टिओकिया प्रान्तको भ्रमणका क्रममा राष्ट्रपतिले उक्त जानकारी दिएका हुन् ।

द्वन्द्वका कारण विस्थापित आदिवासी जनजातिलाई प्रदेशमा आफ्नो भूमिमा सुरक्षित फिर्ताको सुनिश्चित गर्न दुवै पक्ष सहमत भएका उनले बताए । कोलम्बियामा विगत ६ दशकदेखि द्वन्द्व भइरहेको छ । वामपन्थी नेसनल लिबरेसन आर्मी (इएलएन) अन्तिम विद्रोही समूह हो, जुन अझै पनि युद्धमा सक्रिय छ । गत महिना नेता पेट्रोले नेता चुनाव जितेपछि तीन वर्षको अन्तरालपछि दुई पक्षबी वार्ता भएको थियो । 

उनी देशको पहिलो वामपन्थी राष्ट्रपति हुन् । एम १९ विद्रोही समूहका पूर्व सदस्यसमेत रहेका पेट्रोले अगस्टमा राष्ट्रपतिको पद सम्हालेका थिए । उनले कोलम्बियामा शान्ति स्थापना गर्ने बाचा गरेका थिए ।-एजेन्सी
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।