ताजा अपडेट »

कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम

शनिबार, १० मंसिर २०७९, १२ : ०९
12 Shares

बुटवल । रुपन्देहीको बुटवलमा रहेकाे देशको नमुना माध्यमिक विद्यालय कान्ति माध्यमिक विद्यालय कक्षा ११ मा शैक्षिकसत्र २०७९/८० का विभिन्न विषयमा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरुले स्वागत गरेका छन् ।

कार्यक्रमकाे प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे रहेका थिए । कार्यक्रममा बाेल्दै उनले बुटवललाई शिक्षा सँग राेजगार कार्यक्रम सञ्चालन गर्ने र याे कार्यक्रमले बुटवलमा अध्ययनका लागि राेजगारी प्रदान गर्ने बताए । विद्यार्थीहरुलाई माध्यमिक तह देखि नै श्रम गर्ने अभ्यास सञ्चालन गर्नु पर्नेमा उनको जाेड थियाे । आजकाे मानव सैद्धान्तिक ज्ञानका साथै व्यवसायीक सीप हुनु आवश्यक छ भन्नू भएको छ ।

कार्यक्रममा विद्यालयका अध्यक्ष हेमानन्द शर्माले विद्यालय अहिले देशकै नमुना विषयका रुपमा रहेकोले आगामी दिनहरुमा प्राविधिक धारका विषयहरु अध्यापन गराउदै लैजाने याेजना अन्तिम चरणमा पुगेको बताएका छन् । विद्यालयका प्राचार्यले विद्यार्थी जीवनमा अनुशासन र नैतिकता नभएमा जीवनकाे लक्ष्य पूरा गर्न नसकिने बताएका छन् । विद्यालयले अब अन्तर्राष्ट्रियस्तरमा समेत राेजगारीका अवसर प्राप्ति गर्ने गरि शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेकाे बताए ।

कार्यक्रममा विद्यालयका सहप्राचार्य पुर्णभद्र उपाध्याय र केदारनाथ ज्ञवाली सहित सम्पूर्ण शिक्षक शिक्षिकाकाे सक्रिय सहभागीता थियाे । कार्यक्रममा बाेल्दै कक्षा ११ र १२ का विज्ञान विषयका संयाेजक माेहन भट्टराईले विद्यालयमा अहिले सम्म अध्ययन गरेका विद्यार्थीले देश विदेशका विभिन्न विश्व विद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेकाले आगामी दिनमा पनि विद्यालयले यसका लागि विभिन्न निरन्तर प्रयास गर्ने र यसमा विद्यार्थी अभिभावककाे साथ र सहयोग रहनु पर्ने बताउनु भएको थियाे ।

कार्यक्रममा शैक्षिकसत्र २०७९ काे कक्षा ११ काे वार्षिक परीक्षा र यस वर्षको प्रथम त्रैमासिक परिक्षाका सर्वाेत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियाे । कार्यक्रम कक्षा १२ का विद्यार्थी दिपिका घिमिरेकाे अध्यक्षता र स्वागत कक्षा १२ का विद्यार्थी वर्षा सारु मगरले गरेकि थिईन । सञ्चालन विपिन थापा र समीक्षा पाैडेलले गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।