ताजा अपडेट »

उपनिर्वाचनः ३९ स्थानको मत परिणाम सर्वाजनिक, नेकपा २२, कांग्रेस ११

आइतबार, १५ मंसिर २०७६, ११ : ०१
4 Shares
आइतबार, १५ मंसिर २०७६
4 Shares

मंसिर १५,

ग्लोबल आवाज

बुटवल । संघ, प्रदेश र स्थानीय तह गरी बिभिन्न ५२ सिटका लागि भएको उपनिर्वाचनमा हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २२, नेपाली काँग्रेसले ११, राष्ट्रिय जनता पार्टी (नेपाल)ले ३ र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।

कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ (क), धरान उपमहानगरपालिका प्रमुख, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदको शनिबार भएको निर्वाचनको मतगणना कार्य भइरहेको छ ।

प्रदेशसभा सदस्य बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङ प्रदेशसभा सदस्य क्षेत्र नं ३ (ख) को मतगणना आज सुरु हुने सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।