Jun 3, 2023
मंसिर ११,
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमा सक्रिय लागू औषध गिरोहलाई आतंकवादी घोषणा गर्ने तयारी गरेका छन् । मेक्सिकोको ड्रग कार्टेल (लागू औषध गिरोह) ले लागू औषध र मानव तस्करी गरेको भन्दै राष्ट्रपति ट्रम्पले आतंकवादी घोषणा गर्ने बताएका हुन् । ट्रम्पले मंगलबार एउटा अन्तर्वातामा बोल्दै लागू औषध गिरोहविरुद्ध कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।
‘उनीहरुलाई आतंककारी घोषणा गरिने छ, मैले ९० दिनदेखि यसबारे तयारी गरिरहेको छु’, ट्रम्पले भने, ‘भविष्यमा केही गर्नुपर्ने हुन्छ । हरेक वर्ष मेक्सिकोमा भइरहेको र त्यहाँबाट हुने क्रियाकलापबाट हजारौं मानिसले ज्यान गुमाइरहेका छन् । गिरोहसँग लागू औषध र मानव तस्करीबाट कमाएको अथाह सम्पत्ति छ ।’ ह्वाइटहाउसको वेभसाइटमा लागू औषध गिरोहलाई ‘आतंककारी’ घोषणा गर्नुपर्ने निवेदन परेपछि ट्रम्पको भनाइ बाहिर आएको हो । ट्रम्पले आधिकारिक रुपमा मेक्सिकोमा सक्रिय लागू औषध गिरोहलाई आतंककारी घोषणा गरेपछि मेक्सिकोसँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा कारबाही गर्ने बाटो खुल्ने समाचार माध्यमले जनाएका छन् । यता मेक्सिकोका विदेशमन्त्री मार्सेलो इब्रार्डले अमेरिकाले यस्तो कदम नचाल्ने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।- एजेन्सी
प्रतिकृया दिनुहोस्