ताजा अपडेट »

राम नवमीमा हिंसापछि कर्फ्यू

सोमबार, २८ चैत्र २०७८, १३ : ५३
8 Shares

काठमाण्डौं । रामनवमीको अवसरमा मध्य प्रदेशको खरगोनमा भएको हिंसापछि कर्फ्यू लगाइएको छ । प्रहरीका अनुसार रामनवमीको मौकामा निकालिएको शोभा यात्रामा ढुङ्गा फ्याँकिएको थियो जसका कारण हिंसा भड्कियो र वरिपरिका केही घर र गाडीलाई जलाइयो ।

इलाकामा तनावका कारण आइतबार र सोमबार राती कर्फ्यू लगाइएको छ । खरगोनका कलेक्टर अनुग्रह पीले मानिसलाई स्वास्थ्य सम्बन्धी आवश्यकताका लागि मात्रै घर बाहिर निस्कनका लागि आदेश दिएका छन् । उनले अब स्थिति नियन्त्रणमा भएको बताएका छन् ।

कलेक्टरले सोसल मिडियामा खरगोन हिंसासँग जोडिएको आपत्तिजनक सन्देश र भिडियो सेयर गरिरहेका छन् उनीहरुविरुद्ध कडा कारवाही गरिने चेतावनी दिएका छन् ।

समाचार एजेन्सी पिटिआईका अनुसार खरगोन एसपी सिद्धार्थ चौधरी र दुई अन्य प्रहरी अधिकारी ढुङ्गा हानाहानमा घाइते भएका थिए ।

अर्कोतर्फ बंगालमा बिजेपी नेता शुभेन्दु अधिकारीले पनि हावडाको शिवपुरमा राम नवमीको मौकामा शोभा यात्राका बेला हावडा प्रहरी कन्स्टेबल र अधिकारीले लाठी बर्साएको भन्दै ट्वीट गरे ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।