२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

काठमाडौँ । खालिदको अर्थ हो स्थायी । तर, अफगानिस्तानका अर्थमन्त्री रहेका खालिद पाएन्दाको जीवनमा केही स्थायी जस्तो छैन । गत वर्षको अगस्टसम्म जो व्यक्ति मुलुकको ६ अर्ब डलरको कोष व्यवस्थापन गर्थे । आज उनी अमेरिकामा पेट भर्नका लागि ट्याक्सी ड्राइभर बनेका छन् ।

Advertisement

हाल अफगाानिस्तान तालिबानको कब्जामा छ । अमेरिकी सेना अफगानिस्तान छोडेर गइसकेको छ । राष्ट्रपति असरफ गनी र उनको मन्त्री आवामलाई सहयोगबिनाको अवस्थामा छोडेर विदेश गएका छन् । खालिद पनि उनीहरु मध्येका एक हुन् । उनको अवस्था गनीको जस्तो छैन । उनी अमेरिकाको वासिङटन डीसीमा ट्याक्सी चलाएर आफ्नो गुजारा गरिरहेका छन् ।

बोनसका लागि प्रयास गर्दै
वासिङटन पोष्टसँगको कुराकानीमा खालिद भन्छन्,‘अघिल्लो दुुई दिनमा मैले ५० ट्रिप्स पुरा गर्नु छ । यसको बदलामा मलाई ९५ डलर बोनस प्राप्त हुन्छ । घरमा पत्नी र चार छोराछोरी छन् । केही बचत थियो । त्यसबाट पनि काम चलिरहेको छ । मेरो देश अफगानिस्तानमा अवस्था अत्यन्त खराब छ । महामारी पनि थियो नै, अब सुख्खा पर्न थालेको छ ।

विश्वले सबै प्रतिबन्ध लगाई दिएको छ । अर्थतन्त्र ध्वस्त भइसकेको छ र तालिबाननले महिलाको जिन्दगी खराब बनाइ दिएका छन् । जो बाइडेनले अफगानिस्तानमा तालिबानको कब्जाको टुक्रा त्यहाँको सरकारमै फोडिदिएका छन् । अमेरिकी राष्ट्रपतिले भनेका थिए,‘हामीले अफगानिस्तान सरकारलाई प्रत्येक चिज उपलव्ध गराएका थियौ । उनीहरुले आफ्नो भविष्य राम्रो बनाउनु भनेर प्रत्येक मौका दियौँ ।’

कतैको पनि भइनँ
खालिद भन्छन्,‘मेरो जिन्दगीको एक हिस्सा अफगानिस्तानमा बित्यो । अब म अमेरिकामा छु । साँचो भनौं भने अब म कतैको भइन । आफ्नो देश फर्कन सक्दिन र यहाँको पनि कुनै निश्चितता छैन । आज मलाई ४ डलर टिप्स प्राप्त भयो ।’ खालिदका अनुसार उनले तालिबानको कब्जाको केही दिन पहिले अफगानिस्तानको अर्थ मन्त्रीको पदबाट राजीनामा दिएका थिए । लेबनानको एक कम्पनीको भुक्तानी भएको थिएन र यसैका कारण राष्ट्रपति गनी उनीसँग रिसाएको उनले बताए । उनले आपूmलाई धेरै झुट सुनाएको पनि बताए ।

१५ अगस्ट पहिले देश छोडिदिएका थिए
पाएन्दाको परिवार अगस्टको पहिलो सातामै अफगानिस्तानबाट अमेरिका पुगेका थिए । उनी पनि १५ अगस्ट पहिले वासिङटन पुगेका थिए । खालिन्दा भन्छन्,‘विश्वले हामीलाई २० वर्ष दियो । सबै प्रकारको सहयोग ग¥यो । दुर्भाग्यवश हामी असफल भयौँ । भ्रष्टाचारका कारण हाम्रो व्यवस्था ताशको पत्ता जस्तै बिग्रियो । सत्यता यो हो कि हामीले आफ्नो जनतालाई धोका दियौँ । मन्त्रीहरुलाई तालिबानले देश कब्जा गर्छन् भन्ने थाहा थियो । उनी ह्वाट्सएपमा देश छोड्ने सन्देश आदान–प्रदान गरिरहेका थिए ।’

घाउलाई झनै ठूलो बनाउनु ठीक होइन
आखिरमा अफगानिस्तानमा के भएको थियो रु यो सवालमा खालिद भन्छन्,‘ यो घाउको दुखाई जस्तै हुनेछ । विशेष कुरा के छ भने मोहम्मद उमर तालिबानको शासनमा अर्थ मन्त्री हुन् र उनी खालिदको सानोका साथी पनि हुन् ।

कुनै समय पाकिस्तानमा समय बिताएका खालिदले अफगानिस्तानमा पहिलो निजी विश्वविद्यालय बनाएका थिए । अमेरिकाले अफगानिस्तानमा लोकतन्त्र, महिला अधिकार र मानवअधिकारको लामो लडाइ लडेको उनी बताउँछन् । २००८ मा खालिद पहिलो पटक अमेरिका आएका थिए । अमेरिकाले भनेकाले नै असरफ गनीले २०१६ मा उनलाई उप अर्थमन्त्री बनाएका थिए । काबुलमा उनको आमाको कोरोनाका कारण मृत्यु भएको थियो । उनको साथी र श्रीमती खालिद अर्थ मन्त्री नबनुन् भन्ने चाहन्थे । किनकी उक्त समयमा तालिबान तीव्र रुपमा बढिरहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्छ : नेता महर प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै