ताजा अपडेट »

नगद तथा मूर्तिसहित युवक पक्राउ

बुधबार, २६ माघ २०७८, १६ : २१
2 Shares

काठमाडौँ । काठमाडौं महानगरपलिका–१७ धोबीचौरबाट प्रहरीले काभ्रेपलान्चोक तेमाल गाउँपालिका–८ का १७ वर्षीय किशोलाई मुर्ति र एक लाख चार हजारसात सय ४० रुपैयाँ नगदसहित पक्राउ गरेको छ । उनको साथबाट दुई थान मोबाइल पनि बरामद भएको प्रहरीले जाजाएको छ ।  महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट मूर्ति र नगद फेला पारेको जानएको छ । यस सम्बन्धमा प्रहरीको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।