ताजा अपडेट »

श्रीलंकामा डुंगा पल्टिँदा ६ जनाको मृत्यु ११ जना घाइते

मंगलबार, ०७ मंसिर २०७८, १३ : ३५
4 Shares

कोलम्बो । पूर्वी श्रीलंकामा मङ्गलबार बिहान डुंगा पल्टिँदा चार विद्यालयका बालबालिकासहित छ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार किन्निया, त्रिन्कोमालीमा पल्टिएको डुंगामा धेरै विद्यालयका बालबालिका सवार थिए । नौसेना र गोताखोरहरू तत्काल खोजी र उद्धार कार्यमा संलग्न भएका थिए।

प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार त्यस क्षेत्रमा ठूलो भीड जम्मा भएको थियो र केही स्थानीय स्वयंसेवकहरूले पनि बेपत्ता व्यक्तिहरूको खोजीमा नौसेनालाई सहयोग गरिरहेका थिए। बेपत्ताको सूचीमा केही विद्यालयका बालबालिका पनि छन् । घाइते ११ जनालाई नजिकैको राज्य अस्पतालमा भर्ना गरिएको छ। अत्यधिक यात्रु चापका कारण डुंगा पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेर थप अनुसन्धान गरेको छ ।-सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।