१६ माघ २०७९, सोमबार

Jan 30, 2023

भैरहवा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देही–३ को क्षेत्रीय प्रतिनिधिको निर्वाचन विवादित बनेको छ । मतदान सुरु गर्ने विषयलाई लिएर दुई पक्ष बीच कुरा नमिलेपछि सोमबार अबेरसम्म पनि मतदान प्रक्रिया अघि बढ्न सकेको हो ।

क्षेत्रीय प्रतिनिधि निर्वाचनका लागि संस्थापन पक्ष इतरका उम्मेद्वार तथा प्रतिनिधिहरुले मँगलबार मात्रै मतदान गर्ने अडान लिएका छन् भने संस्थापन पक्षले सोमबार आजै मतदान अघि बढाउने अडान राखेका छन् । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उमेद्वाहरुले सोमबार आज नै मतदान प्रक्रियामा अघि बढाउन ढिला हुने र बीचमा विवाद आउने भन्दै प्रक्रिया स्थगित गरी मँगलबार मात्रै निर्वाचन गराउन माग गरेका छन् ।

काँग्रेसको महाधिवेशन अन्तरगत नै प्रदेशको निर्वाचनमा आइतबार राती भएको झडपलाई मध्यनजर गरी दिनमा मात्रै निर्वाचन प्रक्रिया अघि बढाउनु पर्ने उनीहरुको माग रहेको छ । आइतबार राती मतगणना भइरहेको समयमा संस्थापन पक्ष देउवा समूहका व्यक्तिहरुले पौडेल समूहका नेताहरुलाई कुटपिट गरेका थिए । सोही घटना दोहोरीले डरका कारण दिनको समयमा मात्रै निर्वाचनको प्रक्रिया अघि बढाउनु पर्ने पौडेल पक्षको माग रहेको छ । रुपन्देही क्षेत्र नम्बर ३ बाट संस्थापन पक्ष देउवा समूहकी पुस्पा थरुनीको प्यानलले उम्मेद्वारी दर्ता गराएको छ भने पौडेल समूहबाट रमा अर्यालको नेतृत्वमा उम्मेद्वार दर्ता भएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु