ताजा अपडेट »

अभिनेता पुनीतको निधन: खबर सुनेर एक प्रशंसकको हृदयघातबाट मृत्यु, एकले गरे आत्महत्या

आइतबार, १४ कार्तिक २०७८, ०७ : ०७
20 Shares
आइतबार, १४ कार्तिक २०७८
20 Shares

काठमाडौँ । कन्नड फिल्मका चर्चित अभिनेता पुनीत राजकुमारको हृदयघातबाट निधन भएको खबर सुनेर एक प्रशंसकको मृत्यु भएको छ ।कर्नाटकको चामराजनगर जिल्लाको मारुर गाउँका निवासी एक प्रशंसकको अभिनेता पुनीत राजकुमारको मृत्युको खबर सुनेपछि शुक्रबार राति हृदयघातबाट निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मृत्यु भएका प्रशंसकको नाम परशुराम देवम्मनवर रहेको बताइएको छ ।

त्यस्तै अभिनेता पुनीतको मृत्युको खबरले अर्का एक प्रशंसकले आत्महत्या गरेको बताइएको छ । कर्नाटकको बेल्गामी जिल्लाका राहुल गदिवादाराले पुनीतको निधनको खबर सुनेपछि आत्महत्या गरेका थिए ।  आत्महत्या गर्नुअघि अभिनेताको तस्वीर फूलले सजाएर आफुलाई फासी लगाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

४६ बर्षिय पुनीथलाई हृदयघात भएपछि बंगलुरुस्थित विक्रम अस्पतालमा लागिएको भएपनि उपचारको क्रममा उनको निधन भएको थियो । उनलाई एक्सरसाइज गर्नेक्रममा हृदयघात भएको बताइएको छ ।

कन्नड फिल्मका निकै चर्चित रहेका पुनीतको  निधन पछि कर्नाटकमा शोकमा रहेको बताइएको छ । राज्यका सबै सिनेमा हल बन्द गरिएको छ भने उनका फ्यान उत्तेजित हुने आशंकामा कैयौं ठाउमा निषेधाज्ञा जारी गरिएको छ । पुनीतले एक बालकलाकारको रुपमा अभिनय यात्रा शुरु गरेका थिए । उनका पिता ददसाहेब फाल्के पुरस्कार पाउने पहिलो कन्नड अभिनेता थिए । उनको आज अन्तिम संस्कार गरिदै छ ।   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।