ताजा अपडेट »

ब्राजिलमा जहाज दुर्घटनामा एकै परिवारका पाँचसहित सातको मृत्यु

बुधबार, ३० भदौ २०७८, १५ : ४२
2 Shares

साओ पाओलो । ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिकानजिकै मंगलबार भएको एक जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सो जहाजका चालक, सहचालक र अरु पाँच जना यात्रु रहेका छन् । ती यात्रुहरु सबै जना एकै परिवारका रहेका बताइएको छ । सो जहाल साओ पाओलो नगरबाट करिब १६४ किलोमीटर दक्षिणपश्चिमी क्षेत्रमा रहेको पिराकिबा नगरको पिराकिबा विमानस्थलबाट छुटेको थियो । दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ ।-सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।