३० श्रावण २०७९, सोमबार

Aug 15, 2022

काठमाडौँ । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ ।अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । सरकारको प्राथमिकतामा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनमा सघाउनका लागि वैंकले उक्त रकम उपलब्ध गराएको हो ।

कार्यक्रममा अर्थ सचिव मरासीनीले कोभिड–१९बाट प्रभावित शिक्षा तथा स्वास्थ्य प्रणालीको उत्थानशील पुननिर्माण गर्न आवश्यक रहेको बताए । उनले भने, “नतिजा सूचकमा आधारित नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमबाट मुलुकमा दक्ष, प्रभावकारी, पारदर्शी र उत्तरदायी स्वास्थ्य प्रणाली निर्माण गर्न महत्वपूर्ण हुनेछ ।”

बैंकका निर्देशक जार्वोसले सम्झौता कार्यन्वयनसगैँ नेपालको शिक्षा र स्वास्थ्य प्रणालीलाई समावेशी एवं उत्पादनशील बनाई मानव पूँजीको विकासलाई गति दिने अपेक्षा गरिएको बताए । उनले भने, “सबैका लागि स्वास्थ्य क्षेत्रमा पहुँच, बालिबालिका र किशोरकिशोरीका लागि गुणस्तरीय नतिजा प्राप्त गर्ने शिक्षा सिकाइमा समान पहुँच सुनिश्चितताका लागि सहायताले सहयोग गर्ने छ । नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि उपलब्ध गराइएको थप सहायताले सार्वजनिक खरिद् वित्तीय व्यवस्थापन, सूचना व्यवस्थापन तथा अधिक उत्तरदायित्वका लागि नागरिक संलग्नताका क्षेत्रमा सुधार ल्याउन सघाउने विश्वास गरिएको छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चलचित्र बोर्डका अध्यक्ष केसीविरुद्धको रिटमा सुनुवाई हुँदै ५ लाख बढी प्रतिस्पर्धी रहेको ड्रिम टोयोटा कार आर्ट प्रतियोगितामा नेपालबाट बुटवलकी निकिता बनिन् उत्कृष्ट विभिन्न स्थानमा अवैध लागूऔषधसहित पाँच जना पक्राउ सुनको मूल्य ४०० रुपैयाँ घट्यो लुम्बिनी सरकारको आम्दानीः तलब भत्ता समेत पुग्दैन, कर्मचारी पाल्न ‘अरुको भर’ फलफूल र तरकारीको मूल्य : सबैभन्दा सस्तो सेतो मुला, महंगो किवी शुद्धोधन ३ मा सुकुम्बासी जग्गा नापजाँच सुरु २४ वर्षीया पुष्पा बुढाथोकी १ महिनादेखि सम्पर्कबिहीन भ्रष्टाचार र वंशवाद भारतका दुई शत्रु: माेदी साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो (फाेटाेफिचर) राप्रपा नेपालको केन्द्रिय समिती बैठक शुरु, प्रतिवेदनहरु प्रस्तुत हुदैँ कम्युनिष्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयोः मन्त्री चौधरी मध्य भोटेकोशी जलविद्युत अझै १ करोड ५४ लाख रुपैयाँ नोक्सानमा श्रावणको अन्तिम सोमबार : शिवालयमा भक्तजनको भीड रुस्दीमाथि छुरा प्रहारः चुकिल लगाएर कोठाभित्रै बस्छन् आक्रमणकारीका बाबु कमल थापाले गरे राष्ट्रपति भण्डारीको निर्णयलाई स्वागत माओवादी स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै ७५औँ स्वतन्त्रता दिवस मनाउँदै भारत रुपन्देहीमा अज्ञात समुहको गोली प्रहारबाट बिकास गुरुङ घाइते नागरिकता विधेयक : यस्तो छ अबको संसदीय प्रक्रिया