६ माघ २०७८, बिहीबार

Jan 20, 2022

राँझा । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुुम सडकखण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित हुन पुगेका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताए ।

Advertisement

उनका अनुसार अहिले बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने डरले त्रसित अवस्थामा छन् । स्थानीय बासिन्दाले दिउँसै बाघ गाउँ नजिकै राजमार्गमा ओहोरदोहोर गरिरहेकाले दैनिक काम गर्नसमेत नसकेको अवस्था छ । गत आइतबार ४५ वर्षीय एक पुरुषलाई महेन्द्रराजमार्गअन्तर्गत पर्ने गाभर नजिकै सडकबाट तानेर दुई पाटेबाघले खाएका थिए । मान्छे खानु दुई दिनअघिदेखि नै गाभर सडकको वरपर दुई बाघ घुमिरहेको पाइएको स्थानीयवासी कुमार खड्काले बताए।

सोमबार छ पटकसम्म राजमार्गको वरपर देखापरेका ती दुईवटै बाघ मङ्गलबार फेरि मान्छे खाएको घटनास्थल नजिकै राजमार्गमा देखापरेको खड्काले जानकारी दिए । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले थप कुनै घटना हुन नदिन बाघ देखिएको क्षेत्रमा दुई घरपालुवा हात्ती र ठूलो सङ्ख्यामा सेना परिचालन गरिएको जानकारी दिए ।

ती दुई बाघ भर्खर माउबाट छुट्टिएको हुनसक्ने जानकारी दिँदै प्रमुख संरक्षण अधिकृत साहले स्थानीय जनतालाई बाघको भय र त्रासबाट बचाउन निकुञ्ज लागिरहेको जानकारी दिए । अधिकृत साहका अनुसार बाघलाई नियन्त्रणमा लिन निकञ्जबाट प्राविधिक टोली पनि आइसकेको छ । अहिले हात्ती प्रयोग गरेर बाघलाई गाउँ नजिक आउन नदिने र उसको प्राकृतिक बासस्थानतिर धपाउने काम भइरहेको छ । मान्छे खाएको ठाउँ र अन्य दुई स्थानमा सेन्सर क्यामेरा जडान गरिएको छ । आइतबार गाभरमा अन्दाजी ४५ वर्षीय एक पुरुषलाई बाघले खाएपछि यतिबेला सो क्षेत्रमा डर, त्रास फैलिएको छ । राजमार्गमै बाघको आङ्तक फैलिएपछि जिल्ला प्रशासन कार्यालयलेले पूर्वपश्चिम राजमार्गमा रात्रिकालीन समयमा साना सवारी सञ्चालनमा रोक लगाएको छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

पाँच दिनदेखि अत्यधिक चिसो, शीतलहरले जनजीवन थप प्रभावित बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस कोरोना संक्रमणको ग्राफ बढ्दो, स्वास्थ्य मापदण्डको छैन पालना सोमपाललाई बाहिर राख्दै नेपाली टिम घोषणा भारतमा एकै दिन ३ लाख १७ हजार कोभिड संक्रमित समाजवादी स्वरोजगार टोम्पो श्रमिक संघ रुपन्देहीको अध्यक्षमा बाग बहादुर बुढा दक्षिण अफ्रिकामा सिंह र बिरालोमा पनि देखियो कोभिड जाडो छल्न तापेको आगो शरीरमा सल्किदा वृद्धाको मृत्यु प्रचण्डको प्रस्तावमा एमाले महासचिवको व्यंग्य वन मन्त्री यादव र चुरे संरक्षण विकास समितिका पदाधिकारीबीचको विवाद उत्कर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना ७ निर्माण कम्पनी कालो सूचिमा, ३ वर्षसम्म कुनै काम गर्न नपाउने स्थानीय तह निर्वाचन: बैशाख १४ वा २२ मा गर्न आयोगको प्रस्ताव स्थानीय निर्वाचनको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै किन पाएनन् उपल्लो डोल्पाका सर्बसाधारणले कोभिड-१९ विरुद्धकाे खोप ? मौलाकालिका यात्रा केबलकारमा सरर, डेढ अर्ब लागतमा बन्दै बुर्का लगाउने छात्रालाई कक्षा कोठा प्रवेशमा रोक रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी थापा, क्रिकेटर गौचन पराजित फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य