११ आश्विन २०७८, सोमबार

Sep 27, 2021

काबुल । सरकार गठनको विषयलाई लिएर तालिवान नेताबीच गम्भिर विवाद देखिएको छ । तालिवानका वरिष्ठ नेताहरूले नै सरकार गठनमा बिबाद भएको स्वीकारेका छन् । समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरदार र मन्त्रिपरिषद्का एक सदस्यबीच राष्ट्रपति निवासमा विवाद भएको हो । 

Advertisement

बरदार लामो समय सार्वजनिक नभएपछि तालिवान समूहमा केही विवाद भएको हुन सक्ने अनुमान गरिएको थियो । बरदार र शरर्णाी मामिलासम्बन्धी मन्त्री खलिल युर रहमान हक्कानीबीच भनाभन भएको थियो । नेताहरुबीच बिबाद बढेपछि उनीहरुका कार्यकर्ताले हात हालाहाल गरेका थिए ।

सरकार गठनलाई लिएर बिबाद सृजना भएको कतारस्थित तालिवानको कार्यलयका एक नेताले समेत पुष्टि गरेका छन् । अन्तरिम सरकार गठनप्रति उपप्रधानमन्त्री बरदार असन्तुष्ट छन् । 

किन भयो विवाद ?
अफगानिस्तान विजयको जस कसले लिने भन्ने बारेमा तालिवानमा बिबाद सुरु भएको थियो ।आफूहरुको कूटनीतिक प्रयासबाट काबुल कब्जा गर्न सफल भएको बरदारले बताएका थिए भने हक्कानी समूहका नेता र उनका समर्थकहरूले लडाइँबाट नै यस्तो सम्भव भएको बताएका थिए । अमेरिकी राष्ट्रपतिसँग सोझै टेलिफोन संवाद गर्ने वरदार पहिलो अफगानी नेता हुन् । 

त्यसअघि अफगानिस्तानबाट अमेरिकी सेना फर्किनेसम्बन्धी दोहा सम्झौतामा पनि उनले हस्ताक्षर गरेका थिए । गत महिना काबुल नियन्त्रण गरेको तालिवानले अफगानिस्तानलाई इस्लामिक इमरेट्स घोषणा गरिसकेका छन् । नयाँ सरकारमा महिलालाई समावेश गरिएको छैन ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

एमाले विधान महाधिवेशनको तयारी पूरा कांग्रेसको स्थानीय नेतृत्व : अधिकांश युवा र जनप्रतिनिधि नेपाल-भारत सीमा बन्द हुँदा पर्यटन क्षेत्र मारमा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज पर्वतीय पर्यटनको प्रवर्द्धनमा पर्वतारोहण संघको सहयोग महत्वपूर्णः प्रधानमन्त्री देउवा तोकिएकै समयमा कांग्रेसको महाधिवेशन हुन्छ : नेता लेखक समावेशी विकासमा विश्व बैंकको जोड सम्झँदा कहाली लाग्ने १४ जनाले दर्दनाक ज्यान गुमाएका ७ घटना बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी भारतीय सहित तीनको शङ्कास्पद मृत्यु प्रदेश-१ मा थपिए ३२७ मा संक्रमित, ४ जनाको मृत्यु सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण, एकको मृत्यु जितिया पर्वको अवसरमा सार्वजनिक विदा भैरहवास्थित भिम अस्पतालका स्वास्थ्यकर्मी पुन: आन्दोलनमा रुपन्देहीका पर्यटन व्यवसायीद्वारा २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग पत्रकार पन्त सम्मानित ५० लाख धरौटीमा छुटे शर्मा नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो पर्यटकको आगमनले उत्साहित हुँदै व्यवसायी