ताजा अपडेट »

विश्वमा आज भएका यी सामाजिक र राजनीतिक घटना

बुधबार, ३० भदौ २०७८, ०८ : ३६
16 Shares

काठमाडाैँ । आज सेप्टेम्बर १५ । आज विश्व इतिहासमा केही सामाजिक र राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः

प्योङयाङ युद्ध अन्त्य
सन् १८९४ मा जापान र चीनका सेनाबीचको युद्ध अन्त्य भएको थियो । सो लडाइँलाई पहिलो चीन–जापान युद्ध भनिन्छ । 

ह्यारीको जन्म
सन् १९८४ को १५ सेप्टेम्बरमा वेलायती राजकुमार ह्यारीको जन्म भएको थियो । चाल्स र डायनाको कान्छो सन्तानको रुपमा ह्यारीको जन्म भएको हो । अमेरिकी महिला मेघन मर्केलसँग विवाह गरेका ह्यारीले राजकीय सुविधा नलिने घोषणा गरेका छन् । 

जर्मनीमा विवादास्पद कानून
सन् १९३५ मा जर्मनीमा एउटा विवादास्पद कानून कार्यन्वयनमा ल्याइएको थियो । नाजी पार्टीले ल्याएको सो कानूनले यहुदीको नागरिकता रद्द गर्नुका साथै गैर यहुदी मुलका मानिससँग सम्बन्ध राख्न प्रतिबन्ध लगाइएको थियो । सोही कानूनअनुसार जर्मनीको आधिकारिक संकेत स्वस्तिका राखिएको थियो । 

राष्ट्रसंघको सेना दक्षिण कोरियामा 
सन् १९५० मा कोरिया युद्धको समयमा दक्षिण कोरियाको इन्चोन सहरमा राष्ट्रसंघको सेना सवार एउटा विमान अवतरण गरेको थियो । सेना परिचालनसँगै कोरियाली प्रायद्धीपको तनाब झन चर्किएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।