ताजा अपडेट »

१४ विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मंगलबार, २९ भदौ २०७८, १८ : ३४
4 Shares

गुल्मी । सगरमाथा हेल्पिङ्ग फाउन्डेसनले बाल दिवसको अवसर पारी शैक्षिक सामग्री वितरण गरेको छ । फाउन्डेसनले गुल्मी जिल्लाको रूरू गाउँपालिकामा पर्ने भट्कुवा निम्न माध्यमिक विद्यालय, जनज्योति प्राथमिक विद्यालय र सूर्य ज्योति प्राथमिक विद्यालयका १४ जना विपन्न वर्गका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको हो ।

विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो । बाल दिवस बालबालिकाको हितमा रहोस् र हरेक बालबालिका ले पढ्न लेख्न पाउन् उनीहरुको नैसर्गिक अधिकार हो भन्ने हेतु ले सगरमाथा हेल्पिङ्ग फाउन्डेसन मार्फत यस अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष किशन ज्ञवालीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।