ताजा अपडेट »

सैनामैनाका दुई सय बढी युवा राष्ट्रिय युवा संघमा प्रवेश

मंगलबार, २९ भदौ २०७८, १३ : ०८
10 Shares

बुटवल । रुपन्देहीको सैनामैनाका २ सय बढी युवा राष्ट्रिय युवा संघका प्रवेश गरेका छन् । नेकपा एमाले निकट युवा संघ सैनामैना–३ र ४ को संयुक्त आयोजनामा भएको भेलामा युवाहरु संघमा प्रवेश गरेका हुन् ।

नव प्रवेशी यूवाहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले देशको मेरुदण्ड नै यूवा शक्ति भएकोले देश बिकासमा यूवाहरुको विशेष भूमिका रहने बताए । युवाहरु संगठित भएर अनुशासित र नैतिकवान तवरले सामाजिक र आर्थिक आयआर्जनमा जोडिन समेत जरुरी रहेको प्रमुख कार्कीले बताए ।

नेकपा एमाले नगर ईन्चार्ज खुशीराम चौधरीले यूवा संघमा आवद्ध यूवाहरु अनुशासित, ईमान्दर र ईलम यूक्त हुन जरुरी रहेकोमा जोड दिए । पछिल्लो समय युवा संघ नेपालमा आबद्ध हुनेहरुका संख्यामा बढ्दो रहेको उनले दाबी गरे । एमाले सैनामैनाका सह ईन्चार्ज बादल चन्द ठकुरीले युवाहरुलाई रचनात्मक काममा समेत लाग्न आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।