ताजा अपडेट »

अर्घाखाँचीको सुपादेउराली मन्दिर असोज १ गतेदेखि खुल्ने

मंगलबार, २९ भदौ २०७८, ११ : २८
172 Shares
मंगलबार, २९ भदौ २०७८
172 Shares

बुटवल । लामो समयसम्म कोभिड–१९ का कारण बन्द रहेको अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिर असोज १ गतेबाट खुल्ने भएको छ ।

कोरोना संक्रमणको जोखिम बढेपछि बैशाख २१ गतेदेखि सुपा देउराली मन्दिरलगायत जिल्लाका अन्य मन्दिर तथा धार्मिक, पर्यटकीय स्थलहरू बन्द रहेका थिए । कोरोना संक्रमणको जोखिम केही कम भएसँगै जिल्ला प्रशासनले मन्दिर खोल्न अनुमति दिएसँगै असोज १ गतेबाट मन्दिरमा सबै गतिविधी गर्न पाउने गरी खोल्न लागिएको सुपा देउराली मन्दिरका अध्यक्ष पित्तम थापाले बताए ।

‘जिल्ला प्रशासनले स्वास्थ्य सुरक्षाका नियम पालना गर्ने गरी मन्दिर खोल्न अनुमति दिएको छ ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै थापाले भने ‘ असोज १ गतेदेखि मन्दिरमा सबै गतिविधी गर्न पाउने गरी खुल्छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।