११ माघ २०७८, मंगलवार

Jan 25, 2022

Advertisement

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताएकी छन् ।राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहका संरचना, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी भएको उल्लेख गरिन् ।

नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरी  बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा प्रतिबद्धता प्रकट गरेको दिन पारेर हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको राष्ट्रपतिले स्मरण गरेकी छन् ।

यो वर्ष पनि ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको भन्दै राष्ट्रपतिले यसबाट बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता विषयहरू समेटिँदै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको उल्लेख गरेकी छन् ।

संविधानको मार्गदर्शन बमोजिम बालबालिकासम्बन्धी ऐन, २०७५ लागू भई बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयमा उल्लेख्य कार्यहरू हुँदै आएका छन् ।

विश्वव्यापी महामारी कोभिड–१९ का कारण लामो समयदेखि जारी बन्दाबन्दीका कारण बालबालिकाहरूको नियमित पठनपाठनमा अवरोध उत्पन्न भएकामा चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले भनेकी छन्, ‘देशका दुर्गम गाउँ र बस्तीमा रहने बालबालिकाहरूले अनलाइन कक्षाबाट समेत बञ्चित हुनुपरेको अवस्था छ ।  अठार वर्षमुनिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोपको व्यवस्था हुन नसकेका कारण उनीहरू सङ्क्रमणको जोखिममा रहेका छन् ।’

बालबालिकालाई महामारीबाट सुरक्षित बनाउँदै बालअधिकारको संरक्षणमा आ–आफ्नो भूमिका निभाउन उनले सम्बद्ध सबै पक्षको ध्यान आकृष्ट गरेकी छन् ।बालबालिकाको भविष्य सुनिश्चित गर्नका लागि सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, बालअधिकारकर्मी, सामाजिक सङ्घ–संस्था, निजी क्षेत्र, नागरिक समाज तथा अभिभावकहरूले निर्वाह गर्दै आइरहनुभएको भूमिकाका लागि राष्ट्रपतिले सबैमा धन्यवाद दिएकी छन् ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित, स्वीकृती लिएरमात्र बस्न निर्देशन जिल्ला भित्रने सबैलाई खोप कार्ड अनिवार्य मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव व्यवसायीलाई हतोत्साहित नबनाऔं सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने बढ्यो संक्रमण, छैन सर्तकता राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात १६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे