ताजा अपडेट »

एकीकृत समाजवादीले तोक्यो प्रदेश इञ्चार्ज, लुम्बिनीमा भागवत विश्वासी

आइतबार, २० भदौ २०७८, १२ : १०
6 Shares

नेकपा एसले तोक्यो प्रदेश इञ्चार्ज काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रदेश इञ्चार्जहरु चयन गरेको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा इन्चार्ज तोकेको हो । प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ शाहा, बागमति प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशबलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वालालाई जिम्मेबारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशमा उर्वादत्त पन्त वा रामकुमार ज्ञवालीमध्ये एकजना इन्चार्ज तोकिने सम्भावना छ । उपत्यका विशेष प्रदेश इञ्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्ज विजय गुरुङ, मोर्चा इञ्चार्ज डा. विजय पौडेल छन् । डा.विजय पौडेलले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाउँदा श्रीप्रसाद शाहलाई प्रवास क्षेत्रको जिम्मा दिइएको छ ।

यसैगरी अदालत र निर्चाचन आयोग सम्बन्धी काम गर्ने जिम्मा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई दिइएको छ । संसदीय कामको जिम्मेवारी भने विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।