ताजा अपडेट »

कान्ति माविमा बधाई तथा सम्मान कार्यक्रम

शनिबार, १९ भदौ २०७८, १८ : ०१
22 Shares

बुटवल । बुटवल उपमहानगरपालिका–४ स्थित कान्ति माध्यमिक विद्यालयमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि नवगठित विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सल्लाहकार समिति, लगायत विभिन्न विधाका समितिका पदाधिकारी तथा सदस्य एवम् पुनः प्राचार्यको जिम्मेवारी प्राप्ति गरेका प्राचार्य गोविन्द ज्ञवालीलाई एकमुष्ट रुपमा बधाई तथा सम्मान गरिएको हो ।

सो अवसरमा बुटवल–४ का वडाध्यक्ष टंकप्रसाद पराजुलीले विद्यालयलाई देशको नमुना बनाउनका लागि शैक्षिक गुणस्तर सुधारका कार्यक्रम बनाउनका लागि मेगा योजना बनाउन विद्यालयले ध्यान दिनुपर्ने र यसका लागि बुटवल उपमहानगरपालिकाले सहयोग गर्न प्रतिबद्ध रहेको बताए । कार्यक्रममा शिक्षक डिल्ली बेल्वासेले आगामी दिनमा विद्यालयले गर्नुपर्ने कामका बारेमा स्पष्ट पारेका थिए ।

कार्यक्रम विद्यालयका सहप्राचार्य पूर्णभ्रद उपाध्यायको अध्यक्षता, शिक्षक मोहन भट्टराईको स्वागत मन्तव्य र शिक्षक राजन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।