९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएको छ । पछिल्लो २४ घण्टामा ४५ हजार ३५२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ३४ हजार ७९१ जना मात्रै सङ्क्रमणमुक्त भएका छन् । सोही अवधिमा ३६६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृतकको सङ्ख्या अघिल्लो दिनको भन्दा थोरै हो । सङ्क्रमण सबैभन्दा धेरै केरला राज्यमा फैलिएको छ । देशभरीको बाँकी भागमा भन्दा केरला राज्यमा अत्यधिक धेरै रहेको देखिएको छ ।

सरकारी अधिकारीले दिएको पछिल्लो विवरणअनुसार केरलामा मात्रै पछिल्लो एक दिनमा ३२ हजार ९७ जना नयाँ सङ्क्रमित थपिएका छन् । भारतमा अहिलेसम्म चार लाख ३९ हजार ८९५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २९ लाख तीन हजार २८९ पुगेको छ । ती मध्ये तीन लाख ९९ हजार ७७८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राजेन्द्र लिङ्देनकाे प्रस्ताव- संघ र स्थानीय सरकार बलियाे पाराैं, प्रदेश खारेज गराैं नेपालको आयात र निर्यात दुवै घट्यो, दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब सर्वोच्चले राष्ट्रपतिसँग माग्यो लिखित जवाफः विधेयक किन प्रमाणीकरण नगरेको ? अर्थमन्त्री शर्मा भन्छन्- कर्णालीकाे विकासमा कृर्षिकाे भूमिका महत्वपूर्ण छ जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३५ जना पक्राउ सिद्धार्थ बैंकको दसैं योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा शालनालसहित शिशुको शव भेटियो भरतलाई भाग्यको साथ: बज्रपातमा ३५ करोडको चिट्ठा बढ्यो भीड, बढेन व्यापार जिप चलाउँदै गरेका चालकलाई बोलाएर कुटपिट घट्यो सुनचाँदीको मूल्य डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छः सिंह केन्द्रीय बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु दसैँमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभाव हुन दिन्नौँ: खाद्य कम्पनी डलरको भाउ हालसम्मकै उच्च एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली सकियो सोह्र श्राद्ध, पितृ विसर्जन गरिँदै