ताजा अपडेट »

गगन थापाद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

सोमबार, १४ भदौ २०७८, १३ : २२
2 Shares

काठमाडौं । कांग्रेस नेता गगन थापाले नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।

सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।

१३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उनले ५८४ मत पाएका थिए ।यद्यपी कुन समूहबाट उम्मेदवार बन्ने अझै टुंगो लागेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।