१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

सिमकोट । दैनिक १५ कुखुरा मर्ने गरेपछि किसानको कुखुरा फार्म खोल्ने धोको अधुरै रहने भएको छ । सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा रानीखेत र निमोनिया रोगले धमाधम कुखुरा मर्ने गरेपछि सो ठाउँका किसानको कुखुरा फार्म खोल्ने रहर अधुरै रहेको हो । लामो समयदेखि कुखुरापालन व्यवसायी गरी आर्थिक आम्दानी गर्ने स्रोत कुखुरापालन थियो तर किसानले जानकारी नै नपाएको रोग आएपछि आफ्नो व्यवसाय गरेर मनग्य आम्दानी गर्ने योजना चौपट भएको स्थानीय किसान बाँचबहादुर सुनारले दुः खेसो पोखे । सुनारले भने ,“सदरमुकाम सिमकोटसँगै जोडिएको वडा हुँदा पनि आफ्ना कुखुरा बचाउन नसकेको हो ।” उनका अनुसार मनग्य आम्दानी यही एउटा कुखुरापालन हो तर सोचेको काम पूरा नभएरै कुखुराको खोर रित्तो भएको छ ।

डाँडाफया– चार गाउँमा दुई हप्तादेखि उक्त रोगका कारण २०० बढी कुखुरा मरिसकेका छन् । तीन वर्षदेखि कुखुरापालन व्यवसाय गरेकोमा सबै कुखुरा सोही रोगका कारण मरेपछि कुखुरा फार्म खोल्ने र व्यवसायी गर्ने धोको सपना जस्तै भएको अर्का स्थानीयवासी गौँगोरी सुनारले बताइन् । रानीखेत र निमोनियाले गर्दा कुखुरापालनमा समस्या भएको स्थानीय कालीबहादुर सुनारले जानकारी दिए । स्थानीयवासीका अनुसार रोग लागेका कुखुरा पहिला झोक्र्याउने, कराउने र अनि मर्ने गरेका छन् । मौसम परिवर्तनसँगै बाहिरबाट ल्याएका कुखुरा भएका कारण रानीखेत र निमोनिया रोगले छिटो च्याप्ने गरेको पशुविकास अस्पताल कार्यालयका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाको छ । प्रमुख थापाले भने, “डाँडाफयामा फैलिएको उक्त रोग नियन्त्रणका लागि औषधिसहित टोली चाँडै रोग प्रभावित क्षेत्रतर्फ जाने छ । ”- रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार