१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

मोरङ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यसपटक पनि खटयात्रामा राखी नगरपरिक्रमा गरिने भएको छ । श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले यस वर्ष पनि कोरोना महामारीबाट नागरिकको स्वास्थ्यसुरक्षालाई ध्यानमा राखी ९०औँ संंस्करणको भगवान राधाकृष्णलाई खटयात्रामा भदौ १५ गते मङगलबार गाडीमा राखी नगरपरिक्रमा गरिने जानकारी दिए ।

यस वर्षको खटयात्रा राधाकृष्ण मन्दिर पानीट्याङ्कीबाट शुरु भई गोल्छा, जलजला, ट्राफिक, रोडशेष, महेन्द्र, भृकुटी चोक, बरगाछी, कञ्चनबारी, राजवंशी र पुष्पलाल चोकको परिक्रमापछि पुनः मन्दिरमा पुग्ने बताइएको छ । समितिका अध्यक्ष ओझाले खटयात्रा विशेष पूजापाठ गरी विराटनगर–१ स्थित पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिरको परिसरबाट निकालिने भएको छ । खटयात्रा बीचमा कतै नरोकिने भएकाले भक्तजनले पूजापाठको सामग्री नलिइ टाढैबाट दर्शन गर्न समेत समितिले आग्रह गरेको छ । खटयात्रामा नेपाल प्रहरीको वाजासमेत रहने छ । विसं १९८८ बाट खट (युगल मूर्तिलाई खाटमा राखेर) को रुपमा सुरु भएको यात्रा विसं २०२५ देखि रथयात्राको रुपमा परिणत भएको हो । प्रदेश सरकारले मङ्गलबार मोरङ, सुनसरी र झापामा सार्वजनिक बिदाको निर्णय गरेको छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार