ताजा अपडेट »

जब चार सय बेहुला-बेहुली एकै ठाउँमा भेला भए…

सोमबार, १४ भदौ २०७८, ११ : ३९
6 Shares

काठमाडौँ । दक्षिण अमेरिकी मुलुक पेरूको राजधानी लिमामा शनिबार एउटा विशेष कार्यक्रम आयोजना गरिएको थियो। लिमाका मेयर जर्ज मुनोजको निगरानीमा भएको उक्त कार्यक्रमा दुई सय जोडीले एकैसाथ विवाह गरेका थिए।

तीमध्ये सबैभन्दा बढी उमेरको जोडी ८७ र ८२ वर्षका थिए भने सबैभन्दा कान्छो जोडी २४ र १९ वर्षका थिए। लिमा नगरपालिकाले आफ्नो  फेसबुक पेजबाट विवाह कार्यक्रमको लाइभ भिडिओ प्रसारण गरेको थियो। विवाहमा सहभागी हुन नपाएका बेहुला-बेहुलीका आफन्तका लागि लाइभ गरिएको थियो। विवाह समारोहमा जानुअघि सबै बेहुला-बेहुलीको स्वास्थ्य परीक्षण गरएको थियो। पेरूमा अहिलेसम्म कोरोनाभाइरसबाट झन्डै २ लाख मानिसको मृत्यु भइसकेको छ भने साढे २१ लाख मानिस संक्रमित भएका छन्। 

https://twitter.com/Reuters/status/1432166179854962691?s=20

विवाह गर्न आएकालाई नगरपालिकाका अधिकारीहरूले फलफूलको बास्केट दिएका थिए भने कफी पनि खुवाएका थिए। मेयर मुनोजले उनीहरूको विवाह भएको बताएपछि उपस्थितले आफ्नो जोडीलाई चुम्बन गरेका थिए। केहीबेरपछि उनीहरूले विवाह दर्ताको प्रमाणपत्र पाएका थिए।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।