१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

काठमाडौँ । तालिबानले काबुल कब्जा गरेसँगै अन्तर्राष्ट्रिय मिडियामा निरन्तर रुपमा अफगानिस्तान छाएको छ । टिप्पणीकारहरुले स्वभाविकरुपमा सांकेतिक अर्थहरु दिएर यसलाई ‘साम्राज्यवादीहरुको चिहान’ भन्न थालेका छन् । जस्तो कि, अन्य ठाउँजस्तो अफगानिस्तानमा विदेशी शक्तिहरु कहिल्यै पूर्ण विजयी हुन सकेनन् र उनीहरुले अनन्तकालसम्म शासन चलाउन सकेनन् ।

Advertisement

के सभ्य समाजलाई चक्रब्युँहमा पार्न अफगानीहरु सिपालु छन् ? के यो चक्रब्यूह केवल पश्चिमा शक्ति वा ‘महान् दैन्त्य’हरुका लागिमात्रै हो ? के आफूलाई प्राप्त भएको लाभ जोगाउनका लागि लड्ने मामिलामा  अफगानीहरु कमजोर वा अनुभवविहीन छन् ? यी र यस्ता प्रश्न पनि छाइरहेकै छन् । तर, पश्चिमा न्यारेटिभहरु अफगानी र उनीहरुका सम्भावित असफलताबारे केन्द्रित भइरहँदा अफगानिस्तानमा घटिरहेका घटनाले अमेरिकाबारे के भन्छ भन्ने विषय कमैले मात्रै उठाएका छन् । कमजोर हुँदै गएको महाशक्ति र वैश्विक मामिलाको निर्णय लिने क्रममा देखिएको उसको बढ्दो अक्षमताबारे कमैले चर्चा गरेका छन् ।

तालिबानको कब्जामा काबुल पुगेको नियालिरहँदा मैले पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किस्सिन्गरको टिप्पणी याद आउँछ ः अमेरिकाको शत्रु हुनु खतरनाक हुनसक्छ, तर साथी हुनु घातक छ ।’ विश्वकै धनी र शक्तिशाली सेना रहेको देशले अफगानिस्तानमा २ ट्रिलियनभन्दा धेरै डलर खर्च ग¥यो । २००१ यता ७ लाख ७५ हजारभन्दा धेरै सैनिकहरु खटायो । दुई दशकसम्म अफगानी सैनिकहरुलाई प्रशिक्षण र तालिम थियो । देशमा पुननिर्माणको काम अघि बढायो ।

र, जब उसले सेना हटाउन सुरु ग¥यो, तब एकै साताभित्र अफगानी सहयोगीहरुले आत्मसमर्पण गर्न थाले । अफगानिस्तानले अमेरिकी शताब्दीको अन्त्यको झल्को दिँदैछ वा यो उसको विश्वव्यापी प्रभूत्वमा एउटा सानो झट्का मात्र हो ? यस्तै अन्य क्षणहरु पनि इतिहासमा छन्, जहाँ अमेरिकाले कमजोरी देखाएको थियो । १९४१ मा पर्ल हार्बरमा जापानले आक्रमण गरेर अमेरिकाको प्यासेफिक बेडालाई ध्वस्त गरेको थियो । यसपछि जापानी विस्तारवादीहरुले फिलिपिन्स कब्जामा लिए ।

तर, यसपछि अमेरिकाले आफ्नो जेलसेनालाई सुदृढ भयो र तीन वर्षभित्र जापानलाई घुँडामा टेकायो । १९७३ मा यस्तै अर्को क्षण आयो । यतिबेला सोभियत युनियनको सहयोग पाएका इजिप्ट र सिरियाली दस्ताले ईजरायलको कब्जामा रहेका भूभागमा आश्चर्यजनक रुपमा आक्रमण गर्न थाले । जब अमेरिकाले आफ्नो सहयोगीलाई साथ दिन थाल्यो । तब, अरबका तेल उत्पादकहरुले तेलमा निर्यात ठप्प गरेर प्रतिक्रिया देखाए, अमेरिकी अर्थतन्त्र नराम्ररी बिग्रियो ।

तर १० वर्षपछि उसले मध्यपूर्वमा सोभियतको प्रभावलाई न्युनिकरण ग¥यो र अमेरिकालाई अरब राष्ट्रवादीहरूको ब्लकबाट अलग गराइदियो ।अमेरिका कमजोर भएको घोषणा गर्नु सायद निकै हतारो हुनेछ । तर, पछिल्ला दुई दशकमा विश्व भूराजनीतिमा महत्वपूर्ण उतार–चढाव देखिएको छ । भारतीय मुलका अमेरिकी राजनीतिक विश्लेषक फरेद जाकारियाले २००८ मा प्रकाशित पुस्तक ‘पोस्ट अमेरिकन वल्र्ड’ मा लेखका छन्  : नयाँ शक्तिहरुले आफ्नो स्वार्थलाई बलियो ढंगले उजागर गरेको तथ्य नै अमेरिकापछिको विश्वको यथार्थ हो ।’

फर्किएर हेर्दा विश्वजगत्मा अमेरिकाको उपस्थिति आफैंमा नाटकीय छ । १९१३ सम्म उसले आफूलाई प्रमुख आर्थिक शक्तिका रुपमा स्थापित गरेको थियो । जबकि, उसलाई वैश्विक मामिलामा थोरैमात्र चासो थियो । प्रथम विश्वयुद्धमा मित्र शक्तिको पक्षधरता लिएर हस्तक्षेप गरेपछि यो परिवर्तन हुनेवाला थियो, यतिबेला मित्र शक्तिले जित्यो ।  महाशक्तिका रुपमा बेलायतलाई विस्थापित गरेर विश्वका धेरै ठाउँमा अमेरिका छाउँछ भन्ने दोस्रो विश्वयुद्धको अन्त्य (१९३९–४५) सँगै स्पष्ट थियो । र, यसको ५० वर्ष नपुग्दै ईस्टर्न ब्लक र सोभियत युनियन ध्वस्त भए, अमेरिका विजयी बन्यो ।

जब अमेरिकाले विश्वमा प्रभुत्व जमायो, तब उसैको विश्व व्यवस्थाका नैतिक नियमहरु उसैको मान्यताअनुरुप तय हुन थाले । अमेरिकी डलरले वेैश्विक अर्थतन्त्रको रुपरेखा तयार गर्न थाल्यो, डलर र अमेरिकाका प्रतिस्पर्धी देशहरुका मुद्रामा ठूलो अन्तर थियो, एयरवेज र तेल आपूर्तिमा अमेरिकाको ठूलो नियन्त्रण थियो । यसरी, वैश्विक अर्थतन्त्र ज्यादातर अमेरिकाकै हातमा थियो ।

जब अमेरिकाले २००३ मा इराकमाथि हमला ग¥यो, तब यो व्यवस्था च्यातिन थाल्यो । यतिबेला अमेरिकाले संयुक्त राष्ट्रसंघलाई बेवास्ता गर्नेमात्र होइन, सद्दाम हुसैनले विनाशकारी आणविक हतिायर बनाउँदैछन् भनेर झुठ फैलाउने काम समेत ग¥यो ।

२००८ को मन्दीले आर्थिक व्यवस्थाको विश्वसनीयतामा क्षति पुग्यो, यतिबेला एकपछि अर्को गर्दै अमेरिकी संस्थानहरू डुब्न थाले । यही समय रुस फेरि बलियो बनेर देखियो र वैश्विक आर्थिक महाशक्तीका रुपमा चीनको उदय भयो । २०१० को दशकमा अमेरिकाभित्र चलिरहेको सामाजिक–राजनीतिक संकट पनि उजागर हुन थाल्यो, यसको झल्को ट्रम्पवादको उदयमा देखिन्थ्यो । बढ्दो रंगभेदले ‘ब्ल्याक लाइभ्स् म्याटर’ अभियान चलायो र कोभिड १९ महामारीले विश्वलाई आक्रान्त पारिरहेको यही समय स्वास्थ प्रणाली झन्डै ध्वस्त हुने अवस्थामा पुग्यो ।

अमेरिकी सेना हारेर फर्किएको चित्रलाई यो बृहत्तर सन्दर्भसँग जोडेर हेर्दा जो कोहीले पनि अमेरिकी प्रभुत्वको शताब्दी अन्त्यतिर आइपुगेको भन्न सक्छ । पक्कै पनि यसको अर्थ अमेरिका असान्दर्भिक भइसक्यो भन्ने होइन । इतिहास हेर्दा कमजोर हुन थालेका साम्राज्यहरुले पनि महत्वपूर्ण अवस्थामा आफ्नो शक्तिको प्रयोग गरेका छन् । जस्तो– १९ औं शताब्दीमा ओट्टोमन साम्राज्य र १९ औं शताब्दीको अन्त्य र २० औं शताब्दीको सुरुमा रुसी साम्राज्यले गरेका थिए ।

अमेरिका आज पनि विश्वको सबैभन्दा ठूलो सैन्य शक्ति हो । उसको अर्थतन्त्रको आकार र प्रभाव दुबै ठूलो छ । त्यसो भए के परिवर्तन भएको छ ? यसको जवाफ : आफ्नो शक्ति कायम राख्नका लागि प्रत्यक्ष वा अप्रत्यक्ष द्वन्द्व गर्ने उसको इच्छा हो । विश्वव्यापी प्रभूत्वप्रतिको अमेरिकी वितृष्णाको महसुस अफगानिस्तान र अन्यत्र रहेका उसका सहयोगीहरुले नै सबैभन्दा पहिले गरेका छन् ।-स्रोत : अलजजिरा

प्रतिकृया दिनुहोस्

Flash News

अब उनले मेरो फोन कहिल्यई उठाउने छैनन् ! सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका