ताजा अपडेट »

गुल्मीमा पहिरोले गोठ पुरिँदा पशु चौपाया मरे

आइतबार, १३ भदौ २०७८, १९ : ४६
10 Shares
आइतबार, १३ भदौ २०७८
10 Shares

गुल्मी । गुल्मी जिल्लामा अविरल वर्षासँगै गएको पहिरोले गोठ भत्काउदा पशु चौपाया पुरेको छ । जिल्लाका विभिन्न स्थानमा निरन्तर परेको पानीले पशु चौपायाहरुमा क्षती पुराएको हो । वर्षातले जिल्लाको धुर्कोट गाउपालिकाको वडानम्बर–५ वस्तु स्थित कृष्ण कुँवरको घर – गोठ रातिको पानीले राती करिब १ बजेतिर भत्कदा गोठमा रहेका २ वटा भैंसी, पाडो, २ वटा बाख्रा पुरिएको प्रहरीले जनाएको छ । पहिरोले मानवीय क्षती भने भएको छैन् ।

घर परिबार अहिले आफन्तको घरमा आश्रय लिएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाको मुसिकोट नगरपालिकन वडानम्बर– ८ ठुलोखर्क बस्ने नरबहादुर पौडेलको अबिरल बर्षाको कारण गोठ भत्किदा १ भैंसी र १ पाडो मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गुल्मी गुल्मीदरबार गाउँपालिका वडानम्बर–३ फुर्से बस्ने कमलबहादुर कुवँरको २ तले टिनले छाएको बंगालो अबिरल बर्षाको कारण राति १२ बजे भत्किदा ४ वटा बाख्रा मरेका छन् । मानवीय क्षेति नभएका र ३ जनाको परिवार स्थानिय चुराबहादुर कुवरको घरमा बसेका छन् ।

त्यस्तै मुसिकोट नगरपालिका वडानम्बर– १ पौदिअमराईमा अबिरल बर्षाको कारण हिराबहादुर रानाको घर भत्किदा घर पुर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । मानविय क्षति नभएको र घरायसी सामानहरू सबै पुरिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।