ताजा अपडेट »

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा बुटवलका क्षेत्री

आइतबार, १३ भदौ २०७८, १९ : १४
4 Shares

बुटवल । लुम्बिनी प्रदेशको योजना आयोगका उपाध्यक्षमा बुटवलका बामदेब क्षेत्री (घिमिरे) चयन भएका छन् । आईतबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले क्षेत्रीलाई उपाध्यक्षमा चयन गरेको हो । माओबादी केन्द्रका केन्द्रीय सदस्य रहेका बुटवल–८ का क्षेत्री आयोगको उपाध्यक्षमा चयन भएका हुन्।

आयोगमा २ जना सदस्य समेत मानोनित गरिएको छ । लुम्बिनी सरकारका प्रवक्ता कृष्णध्वज खड्काले २ जना सदस्य समेत चयन गरिएको जानकारी दिए। आयोगको सदस्यमा गुल्मी मुसिकोटका दामोदर भुसाल र कृष्णनगर कपिलबस्तुका शिव पुजन यादब चयन भएका हुन्।

यस्तै बैठकले ३ सदस्यीय प्रदेश पदक सिफरिस समिति समेत गठन गरेको छ । जसको सदस्यमा कपिलबस्तुका बर्मानन्द उपाध्याय, रुकमकी दिल कुमारी रोका र पाल्पाका यज्ञ पोखरेल रहेका छन् ।

बैठकले लुम्बिनी प्रदेशमा कर्मचारीको व्यवस्थापन २ चरणमा गर्ने भएको छ । आजको बैठकले भदौ मसान्त र असोज १५ गरि २ चरणमा गर्न लागेको सरकारका प्रवक्ता खड्काले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।