ताजा अपडेट »

बुटवल र तिलोत्तमाका ९/९ सहित रुपन्देहीमा थपिए ३० संक्रमित

आइतबार, १३ भदौ २०७८, १७ : २७
2 Shares

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ३० जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १०२ जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ३८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका ९–९ जना, सैनामैना नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा ५–५ जना, ओमसतिया गाउँपालिका र शुद्धोदन गाउँपालिकामा १–१ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमित कसैको पनि मृत्यु भएको छैन् । हालसम्म जिल्लामा ५२७ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३८२ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।