९ कार्तिक २०७८, मंगलवार

Oct 26, 2021

संयुक्त राज्य अमेरिका । अमेरिकाको दक्षिणी राज्य लुइजियानामा केही दशक यताकै सबैभन्दा शक्तिशाली आँधी नजिकिँदै जाँदा त्यस राज्यका तटीय क्षेत्रमा बसोबास गर्ने दशौँ हजार मानिस सुरक्षित स्थानतर्फ गएका छन् ।आइडा नाम दिइएको यस आँधी नजिकिँदै गएपछि लुइजियाना प्रशासनले आँधीको सम्भावित प्रभावबारे चेतावनी दिँदै सम्भावित जोखिमको क्षेत्रमा पर्ने लुइजिआनाका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

स्थानीय समय अनुसार आइतबार बेलुका ‘आइडा आँधी गल्फ अफ मेक्सिकोमा पुग्ने बताइएको छ । आँधीसँगै २२० किलोमिटर प्रतिघण्टाको दरमा हावा चल्ने तथा जोखिमयुक्त छालहरु आउने सम्भावना रहेको अमेरिकी मौसम पूर्वानुमान केन्द्रहरूले बताएका छन् । सन् २००५ न्यू अर्लियन्समा गम्भीर क्षति गरेको क्याट्रिना आँधीभन्दा पनि आइडा भयानक हुने पूर्वानुमानकर्ताहरुले बताएका छन् । लुइजिआनाका गर्भनर जोन बेल एड्वाड्र्सले आइडा आँधी राज्यको इतिहासमा १५० वर्ष यताकै गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।

छिमेकी राज्य मिसिसिपीका गभर्नरले आपतकालीन अवस्था घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइडा निकै खतरनाक बन्ने देखिएको र केन्द्र सरकार आवश्यक सहयोगका लागि तयार रहेको बताएका छन् । गल्फ अफ मेक्सिकोको मौसम गर्मी हुँदै जाँदा आँधी गम्भीर बनेको हो ।आइडालाई क्याटगोरी–२ बाट अति खतरनाक क्याटगोरी–४ घोषित गरिएको हो । लुइजिआनाको दक्षिणी क्षेत्रमा नेपाली समय अनुसार बेलुका पौने सात बजेदेखि तीव्र गतिको हावा चल्ने अनुमान छ । सन् २००५ मा न्यू अर्लियन्समा एक हजार जनाभन्दा धेरैको ज्यान लिएको क्याटगोरी–३ वर्गीकरण गरिएको क्याट्रिना आँधी अगस्ट २९ कै दिन आएको थियो । -रासस

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

कांग्रेस प्रधानन्यायाधीशको राजीनामा र महाभियोगको पक्षमा छैन : भट्टराई भिरबाट लडेर एक जनाको मृत्यु मुटुरोगी पार्वतीको पीडा : ६ लाख उपचार खर्च कहाँबाट ल्याउनु ? न्यायालयमा साँढेको जुधाइ, बाच्छाको मिचाइ राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली रोहिणी देशकै पहिलो स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने स्थानीय तह थप ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने आउने निर्वाचनपछि देश स्थिरता र विकासमा अघि बढ्छ : एमाले नेता पौडेल एशियन लाइफले घोषणा गर्‍यो नयाँ बोनसदर खान नपाएर आठ जनाको मृत्युदेखि ऋण तिर्न सन्तान बेच्दै अभिभावक भरतमणिलाई पूर्वयुवराज पारसले भने- फन्नी फन्नी किप इट अप नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार १५ कात्तिकदेखि सुरु हुने ६ महिनादेखि जब मोबाइल फोन आन्द्रामै अड्कियो… आज पनि ७८ अंकले उकालो लाग्यो नेप्से तिहार नजिकिएसँगै माला उन्दै वनमाला गरिब परिवारमा आत्महत्या दर बढी चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आदेश १५ न्यायाधीशको छलफल सकियो, प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान कायमै सेनाले जाजरकोटमा बनायो रात पनि अवतरण गर्ने मिल्ने हेलिप्याड