७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

काबुल । अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थललाई तत्कालका लागि बन्द गरिएको तालिवान समूहले बताएको छ । तालिवान समूहले अफगानिस्तानको राजधानीलगायत प्राय सबै प्रान्तलाई आफ्नो कब्जामा लिएपछि उनीहरूको शासन कठोर हुने त्रासले दैनिक हजारौँको सङ्ख्यामा अफगानहरू बाहिरिने क्रम जारी रहेकै समय तालिवान समूहले विमानस्थल प्रवेश बन्द गरेको हो ।

Advertisement

तालिवान नेताहरूले विदेश पलायन हुन लागेका अफगानहरूको देशमा नै सुरक्षाको प्रत्याभूत गरिने यसअघि नै बताउँदै आएको थियो । अफगान नागरिकलाई स्वदेशमा नै रही काम गर्ने वातावरण निर्माण गरिने,सरिया कानून अन्तर्गत रहेर महिलाहरूका अधिकारलाई प्रत्याभूत गरिने र विदेशी कुटनीतिज्ञलाई सुरक्षाको प्रत्याभूत गरिने लगायतका प्रतिवद्धता तालिवान नेताहरूले गरेका छन् ।

यद्यपि अतिवादी जिहादी समूहको भनाइजस्तो शासन हुनेमा कमैले विश्वास गरेका कारण ठूलो जनशक्ति विदेशिएको छ । शनिबारको सूचनामा काबुल विमानस्थलमा ‘आगामी २४–३६ घण्टामा अर्को आतङ्ककारी हमलाकाअ‍े अत्यधिक सम्भावना’ रहेको अमेरिकी अधिकारीले चेतावनी दिएका छन् ।

यसैबीच, शनिबारदेखि नै विमानस्थलसम्म पुग्ने सडकका ठाउँठाउमा अवरोध खडा गरेका छन् । ती स्थानहरूमा केही वर्दीधारी तालिबान सेनाहरूले ह्युमभेस र अफगान सुरक्षा बलबाट कब्जा गरेको नाइट भिजन चश्माद्वारा अवलोकन गरिरहेका युरोन्युजले बताएको छ । विमानस्थल प्रवेश गर्ने सबै नाकालाई तालिवानले नियन्त्रणमा लिई प्रवेशमा निकै कडाई गरेका विमानस्थलमा कार्यरत एक अफगान अधिकारीले नाम गोप्य राख्ने सर्तमा बताए । विमानस्थलमा गरिएको आक्रमणमा १७० जनाभन्दा बढीको ज्यान गुमेको बदलामा गत हप्तान्तमा अमेरिकी हवाई आक्रमणमा कान्दाहारमा स्लामिक स्टेट (आइएस) लाई लक्षित गरी गरेको आक्रमण सो समूहका सदस्यहरूको मृत्यु भएको थियो । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

मकवानपुर दुर्घटना अपडेट : मृतक संख्या चार पुग्यो भरतपुरमा रेनुले लिइन् ६६६६ मतान्तरको अग्रता मकवानपुरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ