ताजा अपडेट »

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल

आइतबार, १३ भदौ २०७८, १२ : २१
4 Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल जारी छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहानदेखि तीन नेताबीच छलफल चलिरहेको प्रचण्डको सचिवालयले जनाएको छ । छलफल मन्त्रिपरिषद् विस्तारमा केन्द्रित रहेको बताइएको छ ।

शनिबार पनि देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटमा मन्त्रिपरिषद् विस्तारलाई छिट्टै पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्। कांग्रेसबाट एक राज्यमन्त्रीसहित २ मन्त्री, माओवादीबाट २ मन्त्री मात्रै छन्। अध्यक्ष नेपालले नयाँ पार्टी गठन गर्दै दर्ता गरिसकेकोले अब मन्त्रिपरिषद् बिस्तार गर्न लागिएको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।