ताजा अपडेट »

बुटवलमा पहिराे खस्दा दर्जनौं घरमा क्षति

आइतबार, १३ भदौ २०७८, ०८ : ५५
4 Shares

बुटवल । रुपन्देहीकाे बुटवल उपमहानगरपालिका वडा नं. ३ ज्योतीनगरमा पहिरो झर्दा दर्जन बढी घरमा क्षति पुर्याएको छ। आज विहान ६ बजे चुरेबाट खसेको पहिरोले मनमाया भाट क्षेत्री लगायत एक दर्जन घरमा क्षति पुगेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार ४ घरमा पहिरो पसेको छ । उज्यालो भइसकेको हुँदा मानवीय क्षति भने भएको छैन् ।यहि भदौ ११ गते उक्त वस्ती माथिको चुरेमा पहिरो गएपछि स्थानीयहरु सावधानी अपनाउदै आएका थिए ।पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन् भने भैसी सारिसकेका छन् । त्यसैगरी पहिरोले क्षति पुग्नसक्ने घरबाट समेत सामान अन्यत्र सार्ने तयारी गरिरहेका छन् ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोड र त्यहाँ रहेको विजुलीको पोल बगाएको छ ।बुटवलको वडा नं. ३ र ४ माथि रहेको चुरेमा २ वटा ठूला पहिरो गएकोमा यससँगै ३ ठूला पहिरो गएको छ ।

२०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेको हो । उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती दिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।