११ आश्विन २०७८, सोमबार

Sep 27, 2021

काठमाडौँ । पोखराका पर्यटन व्यवसायी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आज बिहान उहाँहरुलाई सदस्यता प्रदान गरी पार्टीमा प्रवेश गराए। पार्टी प्रवेश गर्नेमा खेलाडी एवं वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, गोपीबहादुर भट्टराई, धर्मेन्द्रकुमार बाटाजु, अशोककुमार भण्डारी, जीवन भट्टराई, इञ्जिनियर विकास भट्टराई, इञ्जिनियर विशेष भट्टराई, जयराम तिमिल्सेना, सुनिलबहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई, च्यामबहादुर गुरुङ, अमृत ढकाललगायत छन् ।

सो अवसरमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसलाई थप बलियो बनाउनका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले व्यवसायका साथसाथै जनताको सेवामा लाग्नसमेत नवप्रवेशीलाई आग्रह गरे । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी, कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायत सहभागी थिए ।

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

एमाले विधान महाधिवेशनको तयारी पूरा कांग्रेसको स्थानीय नेतृत्व : अधिकांश युवा र जनप्रतिनिधि नेपाल-भारत सीमा बन्द हुँदा पर्यटन क्षेत्र मारमा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज पर्वतीय पर्यटनको प्रवर्द्धनमा पर्वतारोहण संघको सहयोग महत्वपूर्णः प्रधानमन्त्री देउवा तोकिएकै समयमा कांग्रेसको महाधिवेशन हुन्छ : नेता लेखक समावेशी विकासमा विश्व बैंकको जोड सम्झँदा कहाली लाग्ने १४ जनाले दर्दनाक ज्यान गुमाएका ७ घटना बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी भारतीय सहित तीनको शङ्कास्पद मृत्यु प्रदेश-१ मा थपिए ३२७ मा संक्रमित, ४ जनाको मृत्यु सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण, एकको मृत्यु जितिया पर्वको अवसरमा सार्वजनिक विदा भैरहवास्थित भिम अस्पतालका स्वास्थ्यकर्मी पुन: आन्दोलनमा रुपन्देहीका पर्यटन व्यवसायीद्वारा २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग पत्रकार पन्त सम्मानित ५० लाख धरौटीमा छुटे शर्मा नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो पर्यटकको आगमनले उत्साहित हुँदै व्यवसायी